संविधान निर्माण बाहेक कुनै विषयमा चर्चा छ भने त्यो हो, ज्योति मगर । कसैलाई प्रदेशको सिमांकन, धर्म निरपेक्षताको चासो छ त कसैलाई ज्योतिको भिडियोको । सोसल मिडिया र अनलाईन सञ्चार माध्यममा जताततै ज्योतिकै विषयमा चर्चा हुनथालेपछि केही नलेखी बस्न सकिन । किनभने एउटा तीजको गीतमा मोडलिङ गरेकै आधारमा ‘ब्लु फिल्म खेल्न जा’ भन्ने जस्तो शब्दको प्रयोग जो भएको छ ।रामप्रसाद खनाल नामक व्यक्तिले ज्योतिलाई कुन नैतिकताको आधारमा यस्तो शब्द प्रयोग गर्यो ? हुन त मान्छेले आफू भित्र जे छ बाहिर त्यहि व्यक्त गर्ने न हो । खनालले पनि आफ्नो अभिभावकबाट जे सिक्यो त्यहि व्यक्त गरेको हुनुपर्छ । किनभने उनको फेसबुक स्टाटस पढ्ने जोकोहीले भन्नसक्छ खनाल कस्तो संस्कारबाट आएको हो भन्ने कुरा ।
विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकामा बसिरहेका खनाल जस्ताले समय बदलिएको कहिले बुझ्ने ? त्यहि स्टाटस लेख्ने फेसबुक सूचना प्रविधिको उपहार हो भन्ने किन स्विकार्न नसकेको ? के यस्ता सोच आधुनिक नेपाल निर्माणका लागि हानीकारक छैन ? विकसित देशको महिला स्वतन्त्रताको गफ गरेर नथाक्ने तर आफ्नै देशको महिला कलाकारप्रति किन यत्रो संकुचित सोच राख्ने खनालहरु कहिले बदलिने होला । तिनीहरुको दिमागबाट यस्तो पूर्वाग्रह कहिले हट्ने होला ।
लुकीलुकी महिलाको भावभंगीमा र अंगप्रत्यांग अवलोकन गरेर तुष्टि लिने पुरुष मानसिकताले के नैतिकताले ज्योतिलाई यस्तो भनिरहेको छ ? व्यक्तिगत कुरा गरे जस्तो हुन्छ तर केही वर्ष पहिले त्यहि खनालले निकालेको ‘राजा, जनता र साँचो प्रजातन्त्र’ नामक क्यासेट एउटा पनि बिक्री भएन । दलीय व्यवस्था र नेताहरु विरुद्ध विष वमन गरिएको तथाकथित क्यासेट कसैले नसुनेपछि खनालले शाही मन्त्री खड्गबहादुर जिसीलाई भनेर ४०३२९ क्यासेट स्थानीय निकायमा जबरजस्ती भिडाउने प्रपञ्च रचेका थिए । ज्योतिले पनि यस्तै गर्नुपथ्र्यो भनेको पो हो कि ? फेसबुकमा लोकगीतको विषयमा निकै ठूलो भाषण दिएको रहेछ । तिमी को हो नेपाली लोकगितको परिभाषा गर्ने ? तिम्रो आधिकारिकता के हो ? खनाललाई जे मनपर्छ त्यो नै लोकगीत हो भन्नु पर्ने के छ ?
एउटा कलाकारले पेन्टी वा ब्रा मा अभिनय गर्न चाहन्छ भने पनि त्यो उसको मर्जी हो । मिस नेपाल र मिस वल्र्डमा भाग लिनेहरु गुन्यु चोलीले पुरै शरीर ढाकेर त जाँदैनन् । एउटा पेन्टिको भरमा टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुन्छन् । बिकिनी लगाएर प्रस्तुति दिन्छन् । खनालले ति सबै चेलीहरुलाई ब्लु फिल्म खेल्न जा भन्ने त ?
कुनै पनि सभ्य नागरिकले कसैको पेशालाई लिएर यति तल्लो स्तरको शब्द प्रयोग गर्दैन । त्यसमाथि खनाल को हो ? ब्लु फिल्ममा खेल्न को योग्य छ को छैन भन्ने खनाललाई कसरी थाहा भयो ? अनुभव भएर पो यस्तो भन्या हो कि ? कतै अमेरिकामा ब्लु फिल्मकै धन्दा पो गरिरहेको छ की ? रोल्पाको दुर्गम गाउँबाट आएर संघर्ष गरेकी चेलीलाई गालीगलौज गर्नुको तुक के छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
JPT lekhai vane paxhi j gare ni hunxa
ReplyDeletetai...
dudh ko sachibiralo
ReplyDeleteतपाईले खनाल लाई कुन संस्कार बाट आको हो? भनेर बुझाउन खोज्नु भाछ / त्यो त बुझियो / तपाइलाई प्रश्न : कुनै दोस्रो तेस्रो व्यक्त्ति को negative कुरोलाई चर्चा परिचर्चा गर्दै , उदाहरण बनाउदै आफ्नो धेरै विचार राख्नु भाको छ तपाइले चाही संस्कार बचाउन खोज्नु भाको हो?
ReplyDeleteतपाईले खनाल लाई कुन संस्कार बाट आको हो? भनेर बुझाउन खोज्नु भाछ / त्यो त बुझियो / तपाइलाई प्रश्न : कुनै दोस्रो तेस्रो व्यक्त्ति को negative कुरोलाई चर्चा परिचर्चा गर्दै , उदाहरण बनाउदै आफ्नो धेरै विचार राख्नु भाको छ तपाइले चाही संस्कार बचाउन खोज्नु भाको हो?
ReplyDeleteTapaile khanal kun sanskar bata aako ho ta vannu vayo but malai pani sodhna man lagyo tapai chai kun sanskar bata aaunu vako ho ??????????
ReplyDeleteसल्लाह भनेको मागेर मात्र दिने हो खनाल बच्चु .
ReplyDelete