• Breaking News

    8.18.2015

    १८ औँ शताब्दिको छालाको ‘सेक्स टोय’ फेला

    पोल्याण्डको प्राचिन शौचालयलाई खन्ने क्रममा पुरातत्वविद्ले २५० वर्ष पुरानो ‘सेक्स टोय’ फेला पारेको छ ।
    जीड्यान्स्कमा अवस्थित ‘स्कुल अफ सोवर्डस्म्यानसिप’ मा उत्खननको क्रममा छालाले बनेको आठ इन्च लामो लिङ्ग आकारको ‘सेक्स टोय’ भेटिएको हो ।
    जिड्यान्स्कका स्मारकको संरक्षणको क्षेत्रीय कार्यालयका प्रवक्ताले भने, ‘यसलाई शौचालयमा भेटिएको होे जुन १८ औँ शताब्दिको मानिएको छ ।’
    ‘यो निकै बाक्लो, ठूलो र छालाबाट बनाइएको छ । यसको माथिल्लो भाग काठले बनेको छ जसले यसलाई संरक्षण गरिरहेको छ । यसलाई सायद कसैले शौचालयमा खसालेको हुनुपर्छ,’ उनले भने, ‘यसलाई नियतवश खसालिएको थियो वा दुर्घटनाबश हुन गएको भन्ने कुरा यकिन हुन सकिएको छैन ।’
    डेली मेलका अनुसार,  यो भन्दा पहिले पुरातत्वविद्ले यहि ठाउँमा तरवारहरु पनि उत्खनन गरेको थियो जसका कारण यहाँ कुनै बेला तरबार चलाउने कला सिकाउने गरेको अनुमान छ ।
    यो सेक्स टोयलाई संरक्षणका लागि उचित स्थानमा लगिएको बताइएको छ ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र