• Breaking News

    8.27.2015

    कैलाली नरसंहारबारे स्पष्टिकरण सोधेपछि अमरेस भूमिगत

    काठमाण्डु, १० भदौ– कैलालीको टीकापुरमा भएको नरसंहारलगत्तै नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह सम्पर्क बिहिन भएका छन् ।
    हिंसात्मक मानसिकता भएकाहरुलाई उक्साएर कैलाली घटना घटाएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले कारवाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधपनि सिंहले पत्र बुझेका छैनन् ।
    कैलालीलगायतका जिल्लामा सामाजिक सद्भाव भडकाउने खालका अभिव्यक्ति दिएको बिषयलाई लिएर पार्टी र संसदभित्र छानविन तथा कारवाहीको माग बढ्न थालेपछि सिंह सम्पर्क बिहिन भएका हुन् ।
    पार्टी केन्द्रिय समितिले कैलालीलगायत देशका विभिन्न भागमा मधेसवादी दलका कार्यक्रममा गएर बोलेका हिंसा भड्काउने खालका अडियो, भिडियो समेत रहेको उल्लेख गर्दै चित्त बुझ्दो जबाफ नआए अनुशासन समितिले तपाईलाई किन कारवाही नगर्ने भन्दै २४ घण्टा भित्र जबाब दिन माग गरेको थियो ।
    समितिको पत्र केन्द्रीय कार्यालयका मुख्य सचिव ऋसिकेश तिवारीले हस्ताक्षर गरेको बताइएको छ । तिवारीले हस्ताक्षर गरेको पत्र लिएर कार्यालयका कर्मचारीहरु सिंहलाई खोज्न बुधबार बिहानदेखि खटिएका थिए ।
    तर एक सातादेखि सिंह घरमा पनि नआएको भन्दै आफन्तले पत्र बुझ्न नमानेपछि स्पष्टिकरणको २४ घण्टे अल्टिमेटम पनि गुज्रिएको छ ।
    निर्धारित समयभित्र चित्तबुझ्दो जवाफ नदिए पार्टीको अनुशासन समितिले विधान र नियमावली अनुसार संझाउने, चेतावनी दिने, निलम्बन गर्ने वा पार्टी सदस्यताबाट निस्कासित गर्न सक्ने व्यवस्था छ ।
    विधानको दफा ३४ को उपदफा १ (ख) अनुसार समितिले अनुशासनको कारवाही गर्नुपूर्व आफ्नो सफाइ दिने मौका अभियोग लागेका व्यक्तिलाई दिनुपर्छ ।
    सोही दफाको उपदफा २ अनुसार निलम्बन गर्दा बढीमा ६ महिना र निस्कासन गर्दा तीन् वर्षक लागि गर्न सक्ने उल्लेख छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र