• Breaking News

    8.27.2015

    थारु नेताको ठाडो चुनौती: “टीकापुरमै छु, हिम्मत छ भने मार !”

    प्रचण्ड. शेरबहादुर र प्रधानमन्त्रीलाई प्रश्न: "थारुले हतियार उठाए के होला ?''

    काठमाडौँ, १० भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हिम्मत भए आफुलाई मारेर देखाउन सरकारलाई ठाडो चुनौती दिएका छन् । उनले आज फेसबुकमार्फत ‘थारु सर्वसाधारणलाई कुट्ने र घरमा आगो लगाउने’ काम भएको भन्दै यस्तो चुनौती दिएका हुन् ।

    ‘टीकापुरमै छु, हिम्मत छ भने मार हामीलाई। किन सर्वसाधारण जनतालाई कुट्छौ, किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्।  उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको शान्तिपुर्ण प्रतिरोध भएको उल्लेख गरेका छन्। ‘आन्दोलनमा कुनै घुसपैठ भएको छैन, थारु आन्दोलन जनताको शान्तिपूर्ण प्रतिरोध हो । उनले लेखकका छन् ।

    साथै थारुले आफुहरुले हतियार उठाउन बाध्य नपार्न समेत चेतावनी दिएका छन् । आक्रोशित भावमा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाओबदी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई ‘थारुले साच्चै हतियार उठाए के होला, याद गर ? भनेर आक्रोश पोखेका छन् ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस

    2 comments:

    1. This comment has been removed by the author.

      ReplyDelete
    2. ए नलायक सरकार जनतालाइ किन बलि दिन्छौं । भोलि लिम्बुवान मा पनि हामी यहि गर्छौ हेरिराख

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र