• Breaking News

    8.23.2015

    चार महिनामा बेहुलोको मृत्यु हुन्छ भन्ने जान्दाजान्दै धुमधाम विवाह


    एजेन्सी– जेनिफर कार्टरलाई आफ्नो प्रेमी मात्र चार महिनाका पाहुना हुन् यो संसारका भन्ने थाह थियो । जेनिफरका प्रेमी सोलोमन चाउलाई कलेजोको क्यान्सर भएको थियो । चिकित्सकहरुले उनको आयु चार महिना तोकेका थिए ।
    त्यसपछि यो जोडीले आफ्नो इच्छा पूरा गर्ने निर्णय गर्यो । उनीहरुले विवाह गर्ने, सन्तान जन्माउने र सुखी जीवन बिताउने सपना बनाएका थिए । सोलोमनमा देखिएको क्यान्सरले ती सबै इच्छा पूरा गर्न सम्भव थिएन ।
    सोलोमनसँग धेरै समय नभएको कारण उनीहरुले तोकिएको मिति भन्दा अगाडि नै विवाह गरे । उनीहरुको पुरानो तालिकाअनुसार अगस्ट महिनामा विवाह गर्नु पर्ने थियो ।

    तर अगस्टसम्म सोलोमन जीवित रहन्छन् कि रहँदैनन् भन्ने पनि यकिन थिएन । त्यही भएर उनीहरुले गत अप्रिल महिनामा धुमधामका साथ विवाह गरे । चार महिना अगाडिका यी तस्बिरमा सोलोमन र जेनिफर खुसी देखिन्छन् ।
    तर सोलोमनले शनिबार आफ्नो अन्तिम सास लिए । सोलोमन र जेनिफरको विवाह पनि सुरुमा शनिबारकै लागि तोकिएको थियो । खासमा सोलोमनको निधन विवाहको मिति तोकिएकै दिन भयो ।
    टोरोन्टोको यो घटना पछि एक्लो भएकी जेनिफरले सोलोमनको सम्झनामा दर्दनाक पत्र लेखेकी छिन् । जसमा उनले सोलोमनलाई कहिल्यै विर्सन नसक्ने उल्लेख गरेकी छिन् ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र