काठमाडौं, ६ भदौ । ‘बाहुन नेताका घर खोजीखोजी आगो लगाउने’ चेतावनी दिएका सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
जातीय पहिचानको आधारमा संघीय प्रदेश निर्माण गर्न माग गर्दै आदिवासी जनजाती महासंघले आह्वान गरेको बन्दमा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत रहेका शेर्पाले जुलुसको नेतृत्व गर्दा उनलाई प्रहरीले सुकेधाराबाट पक्राउ गरेको हो ।
मंगलबार काठमाडौंको बानेश्वरमा भएको विरोध सभामा बोल्दै शेर्पाले ‘हाम्रो अधिकारलाई निमोटेर शासन गर्न खोज्ने जो सुकैलाई पनि कुनै हालतमा छाड्दैनौं । पहिचानविरोधी र शेर्पाहरुको अधिकार बिनै संविधान जारी गरिए खोजीखोजी नेताहरुका घरघरमा आगो लगाउने दिन आउन सक्छ ।’ भनेका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment