• Breaking News

    8.17.2015

    यो हो २ लाख ५० हजार पर्ने कुखरा (फोटोफिचर सहित)


    सुन्दा पनि पत्यार लाग्न कठिन कि एउटै कुखुराको मूल्य २ लाख ५० हजार रुपैयाँ । दुर्लभ प्रजातिका रुपमा चिनिने अएम सिमानी नामको कालो रङको यो कुखुराको मूल्य यति धेरै पर्छ भन्दा पत्यार नलाग्नु ayam सामान्य हो, तर यो साँचो हो ।

    इन्डोनेसियाको जाभा आईल्याण्डमा फेला परेको यो अएम सिमानी नामको कुखरा संसारकै महँगो कुखुराका रुपमा चिनिएको छ । अचम्म त के छ भने कालो रङको यो कुखुरा पूर्णत कालो छ भने यसको मासु समेत कालो छ । बाहिरी भाग कालो भए पनि भित्री भाग मखन रङको अण्डा पार्ने यसको बाहिरी प्वाँखमात्र होईन, खुट्टादेखि जिभ्रो तथा हड्डी समेत कालो छ । तर यसको रगत भने गाढा रातो छ । पूरा कालो भएका कारणले पनि यसलाई विज्ञहरुले दुर्लभ प्रजातिमा पर्ने प्राणी भनेर मानेका छन् ।

    इन्डोनेसियमा फेला परेको यो कुखुरा सन् १९८८ बाट युरोपका देशहरुमा समेत निर्यात हुनथाल्यो भने यसको माग पनि बिस्तारै बढ्न थाल्यो । फरक भएकै कारण यसको माग सबैतिर हुनथाल्यो । यसको भालेको वजन बढीमा तीन केजीसम्म हुन्छ भने पोथीको बजन बढीमा दुई केजीसम्म मात्र हुन्छ ।
    हाल नेदरल्याण्ड, जर्मनी, स्लोभाकिया र चेक रिपब्लिकमा समेत पाउन थालिएको सिमानी सन् २०१३ मा अमेरिकाको फ्लोरिडामा २५सय डलर अर्थात (करिब दुई लाख ५० हजार रुपैयाँ) मा बिक्री भएको समाचार याहु न्यूजले दिएको थियो । इंडोनेसियाली भाषामा अएम सिमानीको कालो रङ भन्ने अर्थ लाग्छ । यसैकारण यसको नाम समेत यहि राखिएको छ । ।





    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र