• Breaking News

    8.31.2015

    ६० लाख ठगी गरेर फरार ईन्दीरा रिमाल बालुवाटारबाट पक्राउ

    काठमाडौं, १४ भदौ । हर्बल इन्ड्रष्टिजको स्तर बृद्धी गरिदिने प्रलोभन देखाई ६० लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
    महानगरीय अपराध महाशाखाको टोलीले ठगी गर्ने नुवाकोट खड्ग भन्ज्याङ्ग २ घर भई हाल काठमाडौ बालुवाटार बस्ने ईन्दीरा रिमाललाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
    ईन्दीराले भक्तपुर बस्ने रामलक्ष्मी त्वायनालाई आफ्नो भारतमा जडिबुटी सम्बन्धि ठूलो कारोवार भएको बताउँदै भारतबाट आवश्यक उपकरण तथा पाटपुर्जा ल्याई तपाईको नबरस हर्बल इन्ड्रष्टिजको स्तर बृद्धी गराई दिन्छौ भनि विभिन्न प्रलोभन देखाई उनलाई जग्गा धितो राख्न लगाई ६० लाख रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ ।
    यस्तो छ ठगीको घटना विवरण :
    जिल्ला भक्तपुर भक्तपुर न.पा.वडा नं.१४ बस्ने रामलक्ष्मी त्वायनाले जडिबुटीको कारोवार गर्ने गरेकोमा जडिबुटीकै कारोवार गर्ने जैविक विविधता नेपाल नामको जडिबुटी प्रशोधन का संचालक जिल्ला खोटाङ्ग चिसापानी गा.वि.स.वडा नं.१ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.४ बस्ने निर्मल कार्की संग जिल्ला काठमाण्डौ शंकरापुर न.पा.वडा नं.८ बस्ने गणेश कुमार पण्डितले चिनजान गराई मेरो मानिस जिल्ला नुवाकोट खड्ग भन्ज्याङ्ग गा.वि.स.वडा नं.२ घर भई हाल काठमाण्डौ बालुवाटार बस्ने ईन्दीरा रिमालको भारतमा जडिबुटी सम्बन्धि ठुलो कारोवार छ भारतबाट आवश्यक उपकरण तथा पाटपुर्जा ल्याई तपाईको नवरस हर्बल इन्ड्रष्टिजको स्तर बृद्धी गराई दिन्छौ भनि विभिन्न प्रलोभन देखाई रामलक्ष्मी त्वायनाको जग्गा धितो राख्न लगाई रु ६० लाख झिकी आफुलाई ईन्दीरा रिमालले रु ६० लाखको चेक दिएकोमा चेक साट्न जादा रकम नभए पश्चात आफु ठगीएको थाहा पाई पीडित रामलक्ष्मी त्वायनाले यस अपराध महाशाखामा आई जाहेरी दिएकोमा यस अपराध महाशाखाबाट खटि गएको विशेष टोलीले ठगी कार्यमा संलग्न रहेका मध्ये गणेश कुमार पण्डितलाई पक्राउ गरी मिति २०७२।२।१८ गते आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएकोमा निज धरौटीमा रिहा भएको र मुख्य अभियुक्त ईन्दीरा रिमाल भागी फरार रहेकोमा यस अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ बालुवाटारबाट मिति २०७२।५।१२ गते पक्राउ गरी ठगी मुद्दामा आवश्यककारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र