• Breaking News

    8.31.2015

    गुगल ब्वाई भनिएका आदित्यको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं, भदौ १५ । सानै उमेरमा भविष्यवाणी गर्दै सबैलाई अचम्ममा पारेका आदित्य दाहाल हाल उपचारका क्रममा अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा उपचाररत छन् । तर विभिन्न अनलाईन मिडिया तथा ब्लग र फेसबुकमा गलत र भ्रामक समाचार छापिएपछि त्यस्ता गलत सामग्री प्रचार गर्ने विरुद्ध कारवाही गरिने बताइएको छ ।

    केहि समयअघि उपचारका क्रममा विभिन्न समाचारहरु प्रकाशित भएका थिए, केहि अनलाईनमा उनको गलत समाचार र उपचार सफल नभएको आशयका समाचार प्रकाशित गरिएको थियो । संचार माध्यमले समाचारको वास्तविकता नै नबुझी समाचार प्रकाशित गरेकोप्रति आदित्य संरक्षण प्रतिष्ठानले आपत्ति जनाएको हो ।

    आदित्यका बाबु शेषराज दाहालको वालमा पोष्ट गर्दै चिरञ्जिवी गुरागाईंले लेखेका छन्, ‘बाल ज्ञानी गुरु आदित्यज्यूको जीवनसँग सम्बन्धित मानवीय संवेदनाका विषयमा र उहाँका भविष्यवाणी सम्बन्धी मेरो अनलाइन न्यूज लगायत केही व्यक्ति विशेषले सामाजिक सञ्जाल फेसबुक, अनलाइन खबरहरू र अन्य व्लग न्युजहरुले हुँदै नभएको कपोकल्पित एवम् भ्रामक समाचारहरू बाहिर ल्याएको हुँदा प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ ।

    बाल ज्ञानी गुरु आदित्यज्यू २७ जुलाई २०१५ देखि अमेरिकाको क्यालिफोर्निया स्थित स्टानफोर्ड अस्पतालमा उपचारार्थ हुनुहुन्छ । हाल उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको र उपचार पश्चात स्वदेश फर्कने कार्यक्रम रहेको छ । कोही कसैको बारेमा समाचार लेख्नु भन्दा अगाडि सत्य तथ्य बुझेर मात्र लेखिदिनुहुन सम्पूर्ण सञ्चारकर्मी तथा शुभेच्छुकहरुमा हार्दिक अपिल गर्दछौं । प्रसारणमा आएका त्यस्ता नकारात्मक समाचारहरुप्रति आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा प्रक्रिया समेत अघि बढेको व्यहोरा अनुरोध गरिन्छ ।’


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र