• Breaking News

    8.31.2015

    बसी नसक्नु भएपछि कैलालीका थारु युवाले जिल्ला छाड्न थाले

    धनगढी, १५ भदौ– टीकापुरको हिंसात्मक घटनापछि जिल्लाको असहज स्थितिबाट भयभित थारु युवा गाउँबाट पलायन हुन थालेका छन् ।
    सोमबारमात्रै भारत जान लागेका ५६ युवाको लस्करलाई धनगढीको त्रिनगर भन्सार नाकामा प्रहरीले सोधपुछ गरी छाडेको छ । उनीहरु सबै कैलाली टीकापुरसहित दंगाग्रस्त घोषणा क्षेत्रका हुन् ।
    उनीहरु लम्कीबाट धनगढी आएका थिए । ती युवा धनगढीमा ४ बजे कफ्र्यू खुलेपछि त्रिनगर नाका हुँदै भारत जान लागेका हुन् । त्रिनगर प्रहरीका प्रमुख जीवन गुरुङले झोलीझिम्टासहित २० देखि ४० वर्ष उमेरका युवा लस्करै नाका कट्न लागेकोले शंका लागेर सोधपुछका रोकेको बताए ।
    ‘बस्न त्रास भएपछि गाउँ छोड्न लागेका हौं । यो समयमा त्यहाँ माछा मार्ने काम पाइन्छ’ मसुरियाका ५६ वर्षे राधेश्याम चौधरीले भने,‘अहिले गाउँमा त्रासको वातावरण छ । खोतीपातीको काम पनि छैन । त्यसैले यता खाली बस्नुभन्दा काम गर्न जाउँ भन्ने हो ।’
    –कान्तिपुर दैनिकबाट


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र