• Breaking News

    8.23.2015

    मासिक साढे ११ लाख तिरेर हङकङबाट पाइलट ल्याईदै

    काठमाडौँ, ७ भदौ । नयाँ जहाज खरिद गरेपछि पाइलट अभाव झेल्दै आएको नेपाल वायुसेवा निगमले दुई विदेशी पाइलट ल्याउने भएको छ । गत साता हङकङको जेट-क्रु कम्पनीका दुई पाइलट ल्याउन सहमति भएको हो ।

    निगमले उनीहरुलाई मासिक प्रतिव्यक्ति ११ हजार डलर (११ लाख ४८ हजार रुपैयाँ) दिनेगरी ल्याउन लागेको छ । नेपाली पाइलटले मासिक चार देखि पाँच लाख रुपैयाँसम्म कमाउँछन् । निगमले दुई पाइलटलाई पहिलो चरणमा ६ महिना करारमा राख्ने र पछि आवश्यकता अनुसार पुनः नवीकरण गर्ने छ ।

    निगमले एयरबस कम्पनीका दुई ए ३२० जहाज उडान गर्ने कमान्डर चालक (क्याप्टेन) नभएपछि विदेशीलाई करारमा लिन लागेको हो । कारोबार


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र