बन्दविरुद्ध सयौं युवाहरुले विर्तामोड परिक्रमा गर्दै बन्द हड्ताल चाहिँदैन, रोजीरोटी खोज्न पाइँदैन भन्दै नाराबाजी गरेका छन् । व्यवसायीहरुलाई बन्दको विरुद्धमा सडकमा आउन युवाहरुले आग्रह पनि गरेका छन् ।
बन्दकर्ताको माग सम्बोधन गर्न उनीहरुले सरकारसँग माग गर्दै बन्द गर्नेलाई विर्तामोडबाट खेदाउने चतावनी दिएका हुन् । उनीहरुले बन्द गर्नेलाई बन्द गर्नेहरुसँग भिड्न पनि तयार भएको बताएका छन् ।
झापामा आजको बन्दको प्रभाव शून्य छ । बजार खुलेका छन्, सर्वसधारणको चहलपहल पनि बढेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment