• Breaking News

    8.31.2015

    यो खोलमा पानी होइन सुन बग्छ !

     १५ भदौ
    एजेन्सी । भारतमा एक नदी यस्तो पनि छ, जहाँ सुन वगिरहेको छ ।  समाचारका अनुसार यो नदी आदिवासी इलाकेबाट बग्ने गर्दछ ।
    यहां बस्ने मानिसलाई सुनको बास्तविक मुल्य अन्दाज छैन, यसकारण केही स्थानीय व्यापारिले उक्त सुनलाई अत्यन्त न्यून रकममा स्थानियसँग किनेर बजारमा कयौँ गुना महंगोमा बेच्ने गरेको जनाइएको छ । झारखंड को राजधानी रांचीबाट करीब १५ किलोमीटर टाढा आदिवासी क्षेत्र रत्नगर्भा छ ।
    उक्त स्थानमा स्वर्णरेखा नाम गरको नदी बग्दछ । मानिसहरुको दावी छ कि उक्त नदीको उत्पत्ती स्थानमा सुनमो भण्डार छ । आदिवासी दिन रात नदीमा बग्ने सुनलाई जम्म गरेर कम मुल्यमा व्यपारीलाई बेच्दै आएका छन् ।
    यसबाट उनीहरुको जीवनको गुजारा चलिरहेको छ । हैरान बनाउने कुरा त के छ भने उक्त नदी अन्य नदीमा नमिसिइ सिधै बंगालको खाडीमा पुग्ने गरेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र