• Breaking News

    8.15.2015

    बाराक ओबामा, अल्वर्ट आइन्टाइनदेखि बिल गेट्ससम्म ‘बायाँ हाते’

    काठमाडौँ, ३० साउन ।  यदि तपाई बायाँ हातले लेख्नुहुन्छ वा अन्य कुनै काम बायाँ हातले नै गर्नु हुन्छ भने आजको दिन तपाईंको हो । किनभने आज अन्तर्राष्ट्रिय बायाँ हाते दिवस अर्थात
    Day हो । हो, आज विश्वभरका मानिसले बायाँ हाते दिवस मनाउँदैछन् । हरेक वर्ष अगस्त १३ तारिखका दिन बायाँ हातले काम गर्नेहरु विशेष प्रकारले यो दिवस मनाउने गर्दै आएका छन् ।



    १३ अगस्त १९७६ मा बायाँ हातेहरु एउटा संगठन बनाएर यस दिनलाई विशेष प्रकारले सम्झदै आएका हुन । नाम अनुसार नै संसार भरका बायाँ हातेहरु आफूले सामना गर्ने असुविधा वा चुनौतीलाई आजका दिन उनीहरुमा जागरुकता ल्याउने विश्वासका साथ यो दिवस मनाउने गर्छन । एक अध्ययन अनुसार विश्व जनसंख्याको १० प्रतिशत मानिस बायाँ हाते हुन ।

    अब यो दिवस संसार भर मनाइने गरिएको छ । बेलायतमा यस दिवसकै अवसरमा विभिन्न २० भन्दा बढी कार्यक्रमको आयोजना हुने गर्छन । यो दिवसले बायाँ हातेहरुलाई सिर्जनशील बनाउने विश्वास गरिन्छ । बायाँ हाते दिवस क्यालेन्डरमा अंकित नभएपनि सामाजिक सञ्चालहरुमा यसले विशेष स्थान पाएको छ । विश्वका केही चर्चित व्यक्तिहरु पनि बायाँ हाते थिए ।

    अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज बुस, बेलायती राजकुमार विलियम्स पनि बायाँ हाते रहेका उदाहरण छन ।  वास्तवमा यो दिवस बायाँ हातेहरुका लागि समाजमा संघर्ष गर्ने दिनका रुपमा पनि लिने गरिन्छ ।

    बायाँ हाते हुनु प्राकृतिक देन भएपनि यसको आफनै फाइदाहरु पनि रहेको अध्ययनहरुबाट प्रमाणित भएको छ । दायाँ हातेहरुभन्दा बायाँ हातेहरु सुरक्षित गाडि चलाउने गर्छन भने गाडिलाई नियन्त्रणमा राख्न पनि उनीहरु सिपालु हुन्छन । यस्तै, बायाँ हातेहरुको स्मरण शक्ति तीक्ष्ण हुने गरेको अध्ययनबाट देखिएको छ । यस्तै, उनीहरु आर्थिक दृष्टिले सवल र मितव्ययी हुन्छन भने धन उपार्र्जन गर्न पनि सिपालु हुने गर्छन । बायाँ हातेहरु खेल क्षेत्रमा पनि अगाडि रहने गरिएको अध्ययनहरुमा देखिएको छ ।

    केही तथ्यहरु

    अमेरिकी वैज्ञानिकहरुका अनुसार संसारमा १० प्रतिशत मानिस बायाँ हाते छन ।

    कुशाग्र बुद्धिका २० प्रतिशत मानिस बाँया हाते हुन्छन ।

    सन् २०१३मा मेजर लिग बेसबलका ३१ प्रतिशत खेलाडी बाँया हाते थिए ।

    पछिल्ला पाँच अमेरिकी राष्ट्रपतिहरु मध्ये तीन बाराक ओबामा, बिल क्लिन्टन, जर्ज बुस बायाँ हाते थिए ।

    कट्टर तानाशाह ओसामा बिन लादेन पनि बायाँ हाते थिए ।

    महान वैज्ञानिक अल्वर्ट आइन्टाइन, विश्वकै धनाढय बिल गेट्स, विश्व प्रसिद्ध चित्रकार लियो नार्दो दा भिन्ची पनि बायाँ हाते थिए ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र