• Breaking News

    8.25.2015

    विवाद सुरु भएपछि सशस्त्र प्रहरी पछाडि सरिदियो, त्यसपछि कैलालीमा हिंसा

    काठमाडौं । प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सोमबार विना हातहतियार आन्दोलनकारीलाई सम्झाउँदै थिए । उनका दुई सुरक्षागार्ड पनि हतियारबिनै थिए । सशस्त्र प्रहरीका एसपीको हतियारसहितको टोलीको गाडीमा बसेर उनी आन्दोलनकारीलाई रोक्न पुगेका थिए । प्रहरी स्रोत भन्छ, ‘विवाद सुरु भएपछि सशस्त्र प्रहरी पछाडि सरिदियो ।’
    आजको कान्तिपुर दैनिकमा खबर छ प्रदर्शनकारीले शान्तिपूर्ण जुलुस गर्न माग गरेपछि प्रहरीले रोक्न खोज्यो । नमानेपछि प्रहरीले अश्रुग्यास छोड्यो । अश्रुग्यास हानेपछि प्रहरीले आक्रमण गरे ।
    ‘एक्कासी प्रशर्दनकारीले चारैतिरबाट घेरा हाले। भाला लगायत घरेलु हतियारले एकाएक आत्रममण गरे । कमाण्डर नै ढलेपछि सँगै गएका नेपाल प्रहरीका एसपी र सुरक्षाकर्मी झन् अन्यौलनमा परे’ प्रत्यक्षदर्शीले भने, ‘ठोस निर्णय लिनै सकेनन् । त्यही कारण थप दुई निरिक्षकसहित सात सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भयो । सुरक्षाकर्मीको हत्या गरेपछि उनीहरुले त्यो हतियार पनि लगे ।’
    घटनास्थल नजिक घर रहेका सादा पोशाकका सशस्त्र प्रहरी हवल्दारलाई लक्षित गरी उनीहरुले गोली चलाए । त्यो गोलीले उनका नाबालक छोरा मारिए । थरुहट आन्दोलनको अगुवाई गर्नेमा एमाओवादीका पूर्व लडाकुहरु रहेको स्थानीयले बताएका छन् ।
    २० औं दिन सोमबार पनि हजारौं प्रदर्शनकारी गाउँगाउँबाट टीकापुरमा जम्मा भएका हुँदै थिए ।
    गाउँमा प्रत्येक घरबाट एकजना जलुसमा जानुपर्ने उर्दी गरिएको थियो । त्यसलाई सुरक्षा अधिकारीले सामान्य माने ।
    सुरक्षाकर्मीहरु टीकापुरमा अघिल्लो दिन जस्तै तैनाथ थिए ।
    चारदिनदेखि कफ्यु र निषेधाज्ञाका कारण प्रदर्शन गर्न नपाएको भन्दै मुनुवा नाकाबाट आएका प्रदर्शनकारीहरु अघि बढ्न खोजे । सुरक्षा समन्वय अभावमा एसएसपी न्यौपानो आक्रमणमा परे । बिना हतियार दुई प्रहरीलाई मात्रसँगै लिएर सशस्त्र प्रहरीको गाडीमा बसेर आन्दोलनकारीलाई सम्झाउन जानुले पनि त्यही पुष्टि गरेको छ । त्यसपछि चारैतिरबाट घेरा हाली एसएसपीसहितलाई आन्दोलनकारीले लखेटी लखेटी मारे । कसैर्लाई आगो लगादिएको स्थानीयबासी बताउछन् ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र