• Breaking News

    8.25.2015

    घैँटे हत्यासम्बन्धी मानवअधिकार आयोगको गोप्य कागज गगनको हातमा

     ९ भदौ– प्रहरीद्वारा मारिएका गुण्डा नाइके कुमार घैँटेका पक्षमा लाजगाल केही नभनी गगन थापाहरु राष्ट्रिय मानवअधिकार आयोग पुगेको हल्लिखल्लि त ठूलै छ । त्यो भन्दा ठूलो रडाको चलेको , आयोगभित्रै । घैँटै मारिनुअघि नै उनलाई काँध थाप्दै आएका आयोगका सदस्य सुदीप पाठक फेरि अर्को कारबाहीको फन्दामा पर्ने भएका छन् । गगन थापा, भीमसेनदास प्रधान र जगदिशनरसिंह केसीहरु घैँटैको हत्या गैर न्यायिक भएको जिकिर गर्न आयोग जाँदा एउटा गोप्य कागज पनि लगेका थिए । तर, त्यो कागज कसरी उनीहरुकोे हातमा पुग्यो भन्दै अहिले स्थिति तातेको छ ।
    घैंटेको हत्यापूर्व नै आयोगमा दर्ता भएको निवेदन र आयोगले गरेको कारबाही सम्बन्धी कागजात बिनाप्रमाणित वा प्रक्रिया नपुर्याइ कांग्रेसका नेताहरुले बोकेर अध्यक्ष अनुपराज शर्माकहाँ पुगेपछि सदस्य पाठक समस्यामा परेका छन । यसअघि पनि घैंँटे कनेक्सन बारे पाठकबिरुद्ध उजुरी परेको थियो । त्यसमाथि घैँटे हत्यामा आयोगमा रहेको गोप्य विवरण बाहिरका मान्छेबाट पेश भएपछि सचिव बेद भट्टराईलाई छानविन गरी सत्य तथ्य पत्ता लगाउन अध्यक्ष शर्माले लिखित निर्देशन दिएका छन् ।
    –जनआस्था साप्ताहिकबाट

    भिडियो हेर्न तल क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र