असीम दुङमाली
गाई मानव समुदायका निम्ति अति उपयोगी जनावर हो । गाईबाट मानव समुदायलाई धेरै फाइदाहरु हुने भएकाले नै संसार भर गाई पाल्ने गरिन्छ । नेपालमा भने राष्ट्रिय जनावरको समेत मान्यता पाएको छ, गाईले । गाईलाई संवैधानिक रुपमा राष्ट्रिय जनावरको रुपमा स्थापित गरिनुमा तत्कालिन हिन्दूवादी मानसिकताले थोर बहुत प्रभाव पारेको कुरा नकार्न सकिन्न ।
हुन त त्यसरी गाईलाई राष्ट्रिय जनावरको रुपमा मान्यता दिइनुलाई तत्कालिन समय परिस्थितिमा अनौठो पनि मान्न मिल्दैन । किनकी, हाम्रो मुलुक नै हिन्दू अधिराज्य घोषित गरिएको थियो । ऐतिहासिक दोश्रो जनआन्दोलन–२०६२/६३ अघि सम्म “हाम्रो राष्ट्रिय जनावर गाई हो .......।”“नेपाल एक हिन्दू अधिराज्य हो...... ।” भनेर निवन्धहरु लेख्ने हिन्दू, गैर हिन्दू हामी सारा नेपालीहरु नै हौं । तिमी कुन धर्म मान्दछौ ? भन्ने प्रश्नको उत्तरमा “हिन्दू” भनेर पाठशालामा गुरुले सिकाउनु भएको यो पंक्तिकारलाई अझै याद छ ।
धेरै पछि हिन्दूआफ्नो समुदायको सनातन धर्म नभएको थाहा पाएपछि ती शिक्षकले गलत सिकाउनु भएको रहेछ । भन्ने चेत खुल्यो । यस्तो अनुभूति अरु धेरैसँग हुनु पर्दछ । तर ति सबै देश, काल परिस्थिति अनुसार भएका कुराहरु हुन्, भनेर बुझ्दा खेरी सबैको भलो होला ।तत्कालिन राजा ज्ञानेन्द्रले कु.नगरे सम्म, अझ भन्ने हो, भने राजदरबार हत्या काण्ड आगडि सम्म “हाम्रो राजा हाम्राे देश–प्राण भन्दा प्यारो छ ।”
“एउटै भाषा एउटै भेष–हामी सबकोएउटै देश ।” भनेर उफ्री–उफ्री गीत गाउने अहिलेका कलिला बालबालिका बाहेक अगाडिका पुस्ताले भ्याएकै हौं । त्यतिबेला राजा थिए अनि राज्य व्यवस्था नै पूर्ण रुपमा हिन्दूकरण प्राय गरिएको थियो ।राजतन्त्रमा राजाको बखान गर्नु हिन्दू राज्यमा हिन्दूधर्म अनुकुलका कार्यहरु गरिनु नौलो कुरा पनि भएनन् । चाहे त्यो गलत नै किन नहोस । राज्यका संपूर्ण संयन्त्रहरु नै हिन्दूमैत्री गरिएका थिए ।
हिन्दूधर्मशास्त्रानुसार गौ–माताको रुपमा पूजा गरिने गाईलाई राष्ट्रिय जनावर बनाइनु अनौठो कुरा रहेन । दूध खाएकै भरमा एउटा पशुलाई माताको रुपमा पूज्नु कति उचित अनुचित ? त्यो अरुलाई सरोकारको विषय रहेन । यहाँ हिन्दूशास्त्रलेगलत गर्येा भन्ने अशाय हैन ।
सबै धर्म,संस्कार परम्परा प्रति जोसुकैले पनि सम्मान गर्नु मानवीय कर्तव्य नै हो । मुलुक सञ्चालनको बागडोर सम्हाल्ने हिन्दूशासकहरुको हिन्दू सापेक्ष मानसिकताले काम बिगारेका चाहिँ पक्कै हो ।वर्तमान परिवर्तित परिस्थिति हो । मुलुकमा न त राजतन्त्र छ ? न त हिन्दू सापेक्ष संवैधानिक व्यवस्था ?
अन्तरिम संविधान–२०६३ ले नै नेपाललाई धर्म निरपेक्ष मुलुकको रुपमा संवैधानिक मान्यता प्रदान गरिसकेको छ । २०६५ जेठ १५ मै संविधान सभाको पहिलो बैठकले नै नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरिसकेको हो । यस प्रकार नेपाल धर्म निरपेक्ष गणराज्यको रुपमा स्थापित भइ नै सकेको छ । त्यसमा केहीको फरक मत पनि हुन सक्दछ ।
त्यो हिजो थियो, आज छ, र, भोलि पनि फरक मत राख्नेहरु थोर बहुत हुनेवाला नै छन् । प्रशंग राष्ट्रिय जनावरको हो, अन्तरिम संविधान–२०६३ मै पनि राष्ट्रिय जनावर गाई र धर्म निरपेक्ष व्यवस्था एक आपसमा बाझिएको अवस्था नै थियो । किनकी, धर्म निरपेक्ष भन्नाले राज्य धर्मको सवालमा तटस्थ रहने भन्ने बुझाउँदछ । तर नेपाल अधिराज्यको संविधान–२०४७ मुताविक नै राष्ट्रिय जनावर गाईलाई निरन्तरता दिइनुहिन्दूकरणको गन्ध आउनु हो ।
अन्तरिम संविधानमा त थियो–थियो । मस्यौदा संविधान–२०७२ मै पनि सोही पुनरावृत्ति हुँदा गन्ध मात्र हैन । दुर्घन्ध नै हुने परिस्थिति सिर्जना गर्या। जनजाति तथा गैर हिन्दू धर्मवलम्बीहरुले सुझाव संकलनको दौरानमा जे जतिले सुझावे पेश गरे अधिकांशले गाईलाई राष्ट्रिय जनावर गाई राख्नु उचित नहुने, भनि विकल्प सहितका सुझावहरु पेश गरेका थिए ।
सामाजिक सञ्जालहरु मार्फत अभिव्यक्ति दिइरहेका थिए र, अझै पनि दिइ नै रहेका छन् । आधिकारिक रुपमा दर्ज गरिएका सुझावहरु त सबै हेरियो हेरिएन ? सामाजिक सञ्जालको कुरा त परै भैगयो ।सुझाव पेश गर्नेहरुले गाईलाई राष्ट्रिय जनावार बनाउन नहुनुको कारण नेपालमा कतिपय जातिजाति समुदायहरुले गाईको मासुलाई प्रमुखमासुजन्य परिकारको रुपमा उपभोग गर्ने भएकाले हो ।
अझ कतिपयको कुलपित्री–कर्मकाण्डमै गाई–गोरुको मासु अनिवार्य हुनुपर्ने परम्परा छ । भलै, अहिले भने उनीहरुले गाईजन्य मासुको नाम मात्र पुकारेर विधि पूरा गरीरहेका छन् ।गाई राष्ट्रिय जनावर भएकै कारणलेखास–खास समुदायहरुको जीवन पद्धतिमा कति नकारात्मक असर, अप्ठयारा–कठिनाइहरु उत्पन्न गर्याे होला ? एकैछिन मात्र मनन् गरे पुग्छ । मानौ न बोका–बाख्रालाई राष्ट्रिय जनावर बनाए के हुन्छ होला ?
नेपालमाहिन्दूकरणको हावि भए पश्चातविशेषत आदिवासी जनजाति समुदालयहरुको मौलिक धर्म संस्कार नामेट पार्ने कामहरुश्रृङखलाद्ध रुपमा भए । गाईलाई राष्ट्रिय जनावर बनाइएकाले पनि त्यसमा थप बल प्रदान गरेको देखिन्छ ।
गोवध तथा मासुको औपचारिक प्रयोग बन्द प्राय भयो ।किनकी, त्यो कानूनी रुपमा दण्डनीय भयो । ति सब हुनुको कारण गाईलाई राष्ट्रिय जनावर बनाइएकाले नै हो ।तत्कालिन निरङकुशता लाद्न सकिने समयमा चाहेर होस या नचाहेर होस गाई राष्ट्रिय जनावर भयो । तर वास्तविक राष्ट्रिय जनावर हुन आजसम्म सकेको छैन । भने फेरी किन गाई लाई नै राष्ट्रिय जनावर बनाउने ? गाईलाई राष्ट्रिय जनावर बनाउँदाहिन्दूहरुलाई पनि हुने प्रत्यक्ष फाइदा केही छैन ।
केवल अबगाल पाउने मात्र हो ।तर बनाउँदा अपासी सदभाव अनि भाइचारामा आँच ल्याउने तथा सम्प्रादायिक विखण्डन ल्याउने देखिन्छ ।वर्तमानमा धर्म निरपेक्ष, गणतान्त्रिक शासन व्यवस्था हुँदा ज–जसले गाईलाई मासुको रुपमा प्रयोग गर्दथे । ति जातजाति तथा समुदायहरुले आफ्नो सँस्कार संस्कृति एवम् परम्पराहरुको पुनर्वाहली हुने ठूलो अपेक्षा गरेका हुन सक्दछन् । तर भैदियो विपरित, फेरी पनि गाईलाई नै राष्ट्रिय जनावर प्रस्ताव गरियो ।
यसले सम्बन्धित समुदाय र गैर हिन्दूहरुलाई झस्काएको मात्र छैन, सजग रहन उत्प्रेरित गरेको छ । हुन पनि हो । मुलुकलाई धर्म निरपेक्ष (धार्मिक स्वतन्त्रत पनि भनिदैछ) अनि गाईलाई राष्ट्रिय जनावर कायम राख्नु आफैमा द्र्वैध चरित्र हो । यसले मुलुकको धेरै जनजाति तथा गैर हिन्दू समुदायहरु संवैधानिक अन्ययमा पर्ने निश्चित छ ।
त्यसैले गाईलाई राष्ट्रिय जनावर बनाइनु हुन्न भनिएको हो ।फरक यति मात्र छैन । हिन्दू होस या जुनसुकै धर्र्मवलम्बी वा जातजाति किन नहोस सबै नेपालीले बुझ्नु पर्ने खास कुरो यस सन्दर्भमा अरु पनि छन् । संविधानमा व्यवस्था गरिएका संवैधानिक चिजहरु चानचुने कुरो हुनै सक्दैनन् । संवैधानिक चिज प्रति एउटा समुदाय त के ?एक जना व्यक्तिले समेत अनास्था राख्न मिल्दैन । किनकी, ती सर्वोच्च हुन् ।प्रत्येक नागरिकले श्राद्ध आस्था राख्ने हुनुपर्दछ ।
तिनको अपमान रक्तिभर हुनु हुँदैन । अब प्रस्तावित राष्ट्रिय जनावर गाईलाई लिउँ । के गाई त्यस्तो जनावर हुन सक्दछ ? हामीले जति सुकै चाहे पनि गाईलाई त्यस्तो बनाउँन सक्दैनौ । किनकी, गाई एउटा उपयोगी घरपालुवा जनावर न हो । जसलाई सामान्य जनावरको रुपमा मुख्यत दूधका निम्ति पाल्ने गरिन्छ । घाँस पानी दिइन्छ–दिइन्दैन । कति कुटिन्छ–पिटिन्छ । त्यसको ठेगान रहन्न । अनि कहाँ रह्यो गाईको सम्मान ?
राष्ट्रिय जनावरको हबिगत यहि हुनुपर्दछ त ? कमसे कम राष्ट्रिय जनावरको नाम मात्र लिँदा पनि श्राद्ध–आस्थाले सबैको वाही–वाही पाएको को राम्रो । यस अघिका संविधानमा राष्ट्रिय जनावर गाई स्पष्ट घोषित नै थियो । तर नेपालमै चुनाव चिन्हको रुपमा समेत गाईलाई प्रयोग गरिँदै आइएको छ । निर्वाचन आयोग जस्तो संवैधानिक निकायले नै सविधानमै व्यवस्था गरिएको संवैधानिक राष्ट्रिय जनावर गाईलाई कुन आधारमा राजनीतिक दलको चुनाव चिन्हको रुपमा मान्यता प्रदान गर्या ? अचम्म छ ।
हुन त नेपालमा राष्ट्रिय झण्डा, राष्ट्रिय गान, निशान छाप जस्ता अन्य सबैजसो संवैधानिक वस्तुहरुको दुरुपयोग हुुँदै आएकै देखिन्छ । वास्तवमा यस्ता वस्तुहरुको प्रयोग संविधान र कानूनमा व्यवस्था भए इतर कोही कसैले पनि अनाधिकृत प्रयोग गर्न नपाइनु पर्ने हो ।
एउटा व्यापरिक चिन्ह–ट्रेडमार्कको समेत अनाधिकृत प्रयोग दण्डनीय मानिन्छ । तर हाम्रो संवैधानिक वस्तुहरुको दुरुपयोग खुलेआम भइरहेको तर्फ हाम्रो ध्यान जान सकेको छैन । यसतर्फ सोच्नै पर्ने बेला आएको छ ।गाई विभिन्न प्रजातिका हुन्छन् । राष्ट्रिय जनावर गाई मात्र भनेर हुने कि ? जात पनि निर्धारण गर्नुपर्ने हो ? अनि गाई राष्ट्रिय जनावर भए पछि गोरु चाहिं के हुने ?
विज्ञहरुले नै जानून । तर जुनसुकै जातको गाई भए तापनि मुलुकभर नै पाको उमेर भए पछि गाई गोरुलाई विशेषत मासुका निम्ति बेचबिखन गर्दै आइएको छ । यो कति हद सम्म उचित हो ? हाम्रो सविधानमा राष्ट्रिय जनावरको रुपमा उल्लेख भएको जनावरको खुल्लम खुल्ला कवाडि सामान झैं बेचबिखन–ओसारपसार हुँदा ब्रोइलर कुखुरा, सुँगुर जति पनि सम्मान पाएको छैन ।
बरु कुखुरा, सुँगरलाई कमसे कम गाडी चढाएर वा मानिसले बोकेर ओसार पसार प्राय गर्ने गरिन्छ ।तर गाईलाई यातायात नभएको स्थानमा चुटी–चुटी हिडाएर ओसार पसार गर्ने गरिएको छ । यस्तै हुनु पर्दछ त राष्ट्रिय जनावरको हलात ?मासुका निम्ति हुँदै आएको गाई गोरुको बेचविखन वा ओसार पसार कानूनी रुपमा पूर्णत बन्देज गर्न पनि अव्यवहारिक नै देखिन्छ । मुलुकभर पालिने गाईको सँख्यात्मक विवरण ठूलो नै छ ।
गाईले दूध र गोरुले जोत्ने काम नदिने भए पछि तिनको उचित व्यवस्थापन भएन भने त्यसले अर्कोे विकराल समस्या निम्त्याउन सक्दछ । सबैभन्दा उपयुक्त उपाय भनेको हाल भइरहेको मासु, छाला, हाड आदि काम लाग्ने गरी गरिने व्यवस्थापन नै हो । यस प्रकार के देखिन्छ भने, दूध दिउन्जेल गाईलाई जति नै माताको रुपमा पूजा गरिए तापनि यसको विस्थापन यही राँगा–भैंसीको हैसियतमा नगरी नहुने भएकाले पनि गाईलाई राष्ट्रिय जनावरको रुपमा यथावत राख्नु उचित हुन्न ।
कतिपयको तर्क यो छ की, गाई वहुउपयोगी जनावर भएकाले राष्ट्रिय जनावर बनाइनु पर्दछ । हो, गाई वहुउपयोगी जनावर नै हो । त्यसमा दुइ मत हुनै सक्दैन । तर संवैधानिक वस्तुलाई वहुउपयोगिताको कसीमा मात्र जाँच्नु मिल्दैन भन्ने कुरा यस अघि नै चर्चा भइसकेको छ ।
उपयोगीताकै दृष्टिले हेर्ने हो भने त हाम्रै राष्ट्रिय फूल लाली गुरास नै अरु भन्दा धेरै पछि पर्ला । गाईलाई राष्ट्रिय जनावरका रुपमा राख्न मिल्ने–नमिल्ने पक्ष–विपक्षमा कुनै पनि धार्मिक, साम्प्रदायिक वा राजनैतिक आस्थाका आधारमा भन्दा पनि संविधानको मर्यादाको आधारमा सान्दर्भिक वा असान्दार्भिक हुने तथ्य तर्फ सोच्नु पर्दछ ।
संविधानत विश्लेषण गर्ने हो, भने नेपालको सन्दर्भमा गाईलाई राष्ट्रियजनावर भन्दा पनि घरपालुवा वहुउपयोगी जनावरको रुपमा सीमित राख्नुपर्ने प्रष्ट देखिन्छ ।त्यसो भएकाले नेपालमा पाइने मानव समुदायलाई प्रत्यक्ष हानी–नोक्सानी नपुर्याउने कुनै पनि महत्वपूर्ण वा दुर्लभ वन्यजन्तुलाई राष्ट्रिय जनावरको रुपमा घोषित गर्न सकेमा हरेक दृष्टिकोणले उपयुक्त हुने देखिन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment