• Breaking News

    8.25.2015

    टीकापुर घटनाका चार अभियुक्त पक्राउ

    मंगलबार, भाद्र ८,
    सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान लिने गरी घटाइएको टीकापुर घटनाका चार दोषीलाई प्रहरीले पक्राउ गरेको बताएको छ । सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन थालिएको पुष्टि गरे ।

    ‘पक्राउ गरी उनीहरुलाई अनुसन्धान थालेका छौँ दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ’ खनालले भने । यद्यपी पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक भने गरेको छैन । सोमबार कैलालीको टीकापुरमा आन्दोलनकारीले ७ सुरक्षाकर्मी र १ बालकको पाशविक तवरले हत्या गरेका थिए । घटनापछि कैलाली अझै शान्त बन्न सकेको छैन ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र