• Breaking News

    8.19.2015

    बाबुले आफ्नै छोरीलाई कान्छी बनाए, छोरीबाट पनि छोरी जन्माए, प्रहरी खोरमा बास

    बीड, ३ भदौ । भारतको महाराष्ट्रा राज्यको बीड शहर नजिकैको एक गाउँमा बाबुले आफ्नी २२ वर्षीया छोरीलाई विगत १६ वर्षदेखि लगातार बलात्कार गर्दै आएको रहस्य खुलेको छ । बाबुको बलात्कारपछि युवतीले छोरीसमेत जन्माएकी छिन् ।
    उनलाई आफ्ना बाबुले कान्छी पत्नीसहर बनाइ राखेको आरोप स्थानीयको छ । छोरीफेरि गर्भवती भएपछि बाबुले बलात्कार गर्दै आएको रहस्य खुलेको हो ।
    अति भएपछि युवतीले आफ्ना बाबुविरुद्ध प्रहरीमा उजुरी दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
    स्थानीय प्रहरीका अनुसार बीड शहरबाट ९० किलोमिटर टाढाको परली शहरबाट सोमबार पीडित युवतीकी आमा र ४८ वर्षीय बाबुलाई गिरफ्तार गरिएको छ ।
    आफ्नी छोरीलाई बाबुले बलात्कार गर्ने गरेको आमालाई थाहा भए पनि आमाले बचाउका लागि कुनै पहल नगरेको समाचारमा उल्लेख छ ।
    बलात्कारबाट पीडित युवतीले बीड शहरमा आएर प्रहरीमा रिपोर्ट लेखाएपछि प्रहरीले कारबाही सुरु गरेको हो ।
    बीड शहर पुलिस थानाका सहायक सब इन्स्पेक्टर बी. एम. शेखले भने, ‘परलीमा आफ्नै परिवारका साथमा रहेकी पीडित युवतीसँग आफ्ना बाबुले विगत १६ वर्षदेखि बलात्कार गर्दै आएका थिए । छोरी गर्भवती पनि भएकी थिइन् । बाबुको गर्भबाट युवतीले छोरी पनि जन्माएकी छिन् । यस्तो हुँदासम्म पनि बाबुले छोरीलाई बलात्कार गर्न छाडेन । आफ्नो दुस्कर्म जारी राख्यो । यस्ता पापीलाई हदैसम्मको कारबाही हुन्छ ।’
    तीन महिना पहिला छोरीफेरि गर्भवती भएपछि बाबुले गर्भपतन गराउन दवाव दिएका थिए । छोरीले बाबुको दवाव नमानेपछि मार्नेसम्मको धम्की दिएका थिए ।
    पीडित युवतीले गएको सोमबार स्थानीय पुलिस अधीक्षक अनिल परासकरसँग भेटगरी छलफल पश्चात बाबुविरुद्ध उजुरी दिएकी थिइन् ।
    सोही दिन पक्राउ परेका युवतीका बाबु र आमालाई हदैसम्मको कारबाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ ।



    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र