नवलपरासी जिल्लामा जन्म लिएर भारतको शिव-सागरमा अध्यन लिएर हाल काठमाडौं बस्दै आएका ज्योतिष आनन्द सुबेदी हाल निकै चर्चामा छन। उहाले अहिले सम्म राजनीतिज्ञ, चर्चित कलाकार, बिभिन्न क्षेत्रका ब्यक्ति तथा राजा ज्ञानेन्द्र लगायतका धेरै जनाको बारेमा भबिष्यबाणी गरी सक्नु भएको छ। उहा भन्नु हुन्छ कि ज्योतिष नै मेरो मुख्य पेशा हो र धर्म पनि हो। कुन्डली हेर्दा जन्म समय, नछत्र घडी-पला सही मिलेको छ भने गरेको भबिष्यबाणी फरकै पर्दैन। ज्योतिष बिधा भनेको पुरै बिज्ञानमा आधारित छ। किनकी ग्रह-नछत्र र आकाशिय पिन्डको बारेमा सबै भन्दा पहिला ॠषि-मुनी हरुले नै एही धर्तिमै बसेर हिसाब गरेको भरमा सबै कुरा पत्ता लगाएका हुन। जबकी त्यो बेला बैज्ञानीक नै थिएन। अहिले पछी आएर बैज्ञानीकले पनि ज्योतिष बिधा भनेकै पुरै बिज्ञानमा आधारित छ भनेर मनिसकेको छ।त्यसैले ज्योतिष बिधा कहिले पनि गलत हुन सक्दैन। उहाले मानिसको मात्रै भबिष्य होइन, मुलुक तथा राजनीतिकको पनि केही भबिष्यबाणी गर्नु भएको थियो। उहाले गरेको भबिष्यबाणी अनुसार पहिलो पल्ट गरेको भबिष्यबाणी
१.२०७१ सालको माघ ८ मा संबिधान कुनै पनि हालतमा बन्दैन भन्नि थियो। (जुन पुरा भयो)
२.२०७२ साल निकै भयानक छ, धेरै नराम्रा घटना हरु घट्ने छन, देसमा रक्तपात हुने छ, (जुन पुरा भयो) आन्दोलन बढेर आउने छ, ठाउँ ठाउँमा गोली चल्ने छ, हत्या हिँसा तथा बलात्कार र लुटमारका साथै मानबिय तस्करी बढेर आउने छ, बिदेशी भुमीबाट खुलेआम हतियार उठ्ने छ।
३.नेपाल पुन हिन्दू राष्ट्र हुने छ।
४.नेपालमा राजतन्त्र पुन फर्किन्छ।
५. लोकतन्त्र-गणतन्त्रको आयु मात्र १० बर्ष ८ महिनाको रहने छ।
६. २०७२ साल राजनीतिक क्षत्रमा निकै उथुलपुथुल हुने छ।
अर्को एउटा कुरा! हामीले यही कुरा अर्का एकजना युवा ज्योतिष मनिष सापकोटा ज्युलाई पनि सोधेका थियौ। तर उहाले त २०७१ को माघ ८ मै संबिधान आउछ भन्नु भएको थियो र २०७२ सालमा कुनै पनि नराम्रा् घटना हुँदैन, केही रक्तपात पनि हुँदैन भन्नु भएको थियो। यधपी मनिष ज्युको भबिष्यबाणी त पुरा भएन। झन ठीक उल्टो भयो। के यो ज्योतिष बिधा पनि अलग अलग हुन्छ र? हिसाब पनि ज्योतिष पिच्छे को फरक हुन्छ र?
आनन्द:- ज्योतिष बिधा र ज्योतिष हिसाब फरक हुँदैन, सबै कुर एकै हो। तर मनिष जिले कसरी हिसाब गर्नु भयो त्यो त मलाई थाहा छैन। मैले हिसाब गरी निकालेको भबिष्यबाणीमा म आफु पूर्ण रुपमा विश्वाष्निय छु। २+२, ४ नै हुन्छ, अब २+२ लाई ६ देख्नु त उहा कै कमजोरी हो।
उसो भए नेपालमा के अब शान्ती हुँदैन त?
अवस्य हुन्छ। नेपालमा पूर्ण रुपमा शान्ती हुनको लागि अझै ४ बर्ष लाग्ने छ तरपनी २०७३ सालबाट नेपालमा शान्ती हुँदै आउने छ। हाम्रो संबिधान भवनमा बास्तु दोस भएकोले नकारत्मक असार मात्र देखी रहेको छ। जस्को कारण कुनै पनि निर्णय लिदा बाधा हरुमात्र आईरहन्छन। जुन कुरा मैले पहिलेबाट नै भनी रहेको छु।
ज्योतिष आनन्द भन्छन ,अब २०७३ बाट नेपाली सबैले शान्तिको अनुभब गर्ने छन। मेरोमा जो कोइ पनि आफ्नो बारेमा हेराउन आउनु हुन्छ र आउन सक्नु हुन्छ। कतिले यसलाई राम्रो तरिकाले लिनु हुन्छ भने कतिले यसलाई नराम्रो तरिकाले पनि लिनु हुन्छ। तपाईं हरु पनि ज्योतिष आनद सुबेदी सँग भेट गर्न सक्नु हुन्छ। वा देश विदेश कही बाट पनि आफ्नो बारेमा हेराउन सक्नु हुन्छ। उहा सँग संपर्क राख्नको लागि उहाको संपर्क नम्बर रहेको छ|
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment