भेष लिम्बु
म दुई मुठा साग बेच्ने बाहुनी कुन तहको सामन्ती परे हजुर ?
म त सिर्फ ति गरिब अनि निमुखा बाहुन जनताहरु जुन एक छाक खान खाना पनि धौ धौ परेको , त्यस्ता बाहुन जनताहरु जो दोकानमा काम गरि गरि कलेज पनि जान्छन् , ति बाहुनहरू जो एक छाक गर्जो टार्न सागका मुठालाई डोकोमा हाली घर घर बेच्न लैजान्छन् , साइकलमा दहि र तेल राखी आफ्नु छोरा, छोरी स्कुल पडाउने ति गरिब बाहुन जनताको पक्षमा बोलेको मात्र हो |
आज नेपालका सम्पूर्ण बाहुन हरु लाई शोषकको आरोप लागेको यो समयमा तपाइहरु आफै थाहा पाउन सक्नु हुन्छ के साचै नेपालको सम्पूर्ण बाहुन हरु शामन्ती हुन् त ? यो थाहा पाउन तपाई धेरै टाडा जानु पर्दैन | काठमाडौँ वरपर का फाट फुटे बजारमा जानुहोस् | जहाँ तपाइले देख्नु हुनेछ ति गरिब बाहुन र बाहुनी हरु ४-५ किलो आलु भुइमा राखेर २-४ पैसाको आसमा समय काटिरहेका छन् | आधि डालो अकबरे खुर्शानी भुइमा राखेर भरै बेलुकाको गर्जो कसरी टार्ने भन्ने सोचिरहेका हुन्छन | साहुको पैसा
ब्याजमा लिएर जुत्ता ,चप्पल र लुगाको खुद्रा ब्यापार
गरिरहेका हुन्छन |
काठमाडौँ उपत्यकामा पुस्तौ पुस्ता देखि मारवाडी ,चौधरी ,खेतान लगायत भारतीय मुलका नेपाली हरु ब्यापार ,सुनको बिजनेस , कलकारखाना आदि नेपालको त के संसारकै धनीको लिस्टमा आउछ तर शामन्ति मा तिनको नभई बाहुनको नाम आउछ | आज सम्म जति भारतीय मुलका नेपाली हरु धनि छन् सायदै कुनै बाहुन त्यति धनि छन् तर फेरी पनि शोसक बर्गमा नाम बाहुन कै आउछ | यो बिडम्बना पूर्ण सोच र घृणा पूर्ण सोच नत्यागे सम्म न त बाहुन न त जनजाती नै उभो लाग्न सक्छ |
ejanata
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment