• Breaking News

    8.15.2015

    भारतीय दूतावास अगााडि कालो झण्डा प्रदर्शन

    ३० साउन, काठमाडौं ।
    चीन र भारतका प्रधानमन्त्रीबीच भएको ४१ बुँदे सहमतिको २८ औं बुँदामा नेपालको लिपुलेकबाट ब्यापारिक नाका खोल्ने निर्णय खारेज गर्नुपर्ने माग राख्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय दूतावास अगाडि कालो झण्डा देखाउदै बिरोध प्रदर्शन गरेको छ ।

    शनिवार दुताबास अगाडि भएको उक्त बिरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले हातमा कालो झण्डा लिँदै भारत बिरोधी नारा लगाएका थिए । दुताबासभित्र भारतको ६९ औं स्वतन्त्रता दिवस मनाइरहँदा दुताबासको पूर्वी ढोका अगाडि ग्रेटर नेपालका कार्यकर्ता र समर्थकहरु नाराबाजीमा उत्रेका थिए ।

    सुगौली सन्धी मान्दैनौँ, लिपुलेकमाथि भएको सहमती च्यात्छौँ असमान सन्धी खारेज गर भन्ने माग गर्दै प्रर्दशन गरेका हुन् । मोर्चाको बिरोध जारी रहँदा उपराष्ट्रपति परमान्नद झा लगायत नेपाल सरकारका मन्त्रीहरु र पार्टीका नेताहरु दूताबासबाट बाहिर निस्केका थिए ।

    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा लैनचौरको खानी तथा भूगर्भ विभाग अगाडिबाट सुरु भएको जुलुस नारा लगाउँदै दूतावास अगाडि पुगेको थियो । जुलुसमा उपस्थित कार्यकर्ता र समर्थकहरुलाई सम्बोधन गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउँदा नेपाली भूभाग पनि स्वतन्त्र भएको हेक्का नराख्नु लाजमर्दाे कुरा भएको बताएका थिए । उनले भारत बिशाल भएता पनि नेपाली जनता भारतीय बिस्तारवाद विरुद्ध लडिरहने बताए ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र