एजेन्सी, मुम्बई, साउन ३०
बलिउड अभिनेता सैफ अली खानले आफ्नै छोरा इब्राहिम अली खानलाई सामाजिक सञ्जाल नचलाउन आदेश दिएको स्वयं उनले बताएका छन्। सामाजिक सञ्जाल चलाउन दुई धार भएको तरबार चलाउनु सरह भएकाले यसमा धेरै ध्यान दिएर चलाउनुपर्ने पनि उनले बताएका छन्।
केही दिनअघि मात्र बलिउड अभिनेत्री श्रीदेवीकी छोरी आलिया कश्यपसँगको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनमा छोराको चिन्ता बढेको अनुमान गरिएको छ। यसका अलावा इब्राहिमले शाहरूख खान अभिनित एक फिल्मको गीतको ‘डब्सम्यास’ भिडियो पनि बनाएका थिए।
सैफले यसबारे भनेका छन्,‘मान्छेहरु कसैको पारिवारिक हर्कतबाट मनोरञ्जन लिन्छन्। त्यसैले यस्ता कुराहरुबाट बच्नुपर्छ। मैले मेरो छोरालाई यस्ता कुराहरु सम्झाइसकेको छु। अब उसले बुझेर मात्र चलाउला।’
इब्राहिम सैफ अली खानका पहिलो श्रीमती अमृता सिंहपट्टीका छोरा हुन्। उनले करिना कपुरसँग सन् २०१२ मा दोस्रो बिहे गरेका हुन्।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment