• Breaking News

    8.15.2015

    प्रेम विवाह गर्दा महिलाको यस्तो हालत !


    एजेन्सी । एक नवविवाहिता महिलालाई दौड़ाइ-दौड़ाइ कुटपिट गरी मट्टितेल छर्केर जलाउने प्रयास सासु र श्रीमानले गरेका छन् ।
    गाउँमा महिलाका परिवारले उनलाई करिब डेढ घण्टासम्म कुटपिट गर्दै रहे र महिला आत्तिएर गाउँका गल्ली गल्लीमा दौड्दै भाग्दै थिइन्, तर, उनलाई बचाउन कोही आएनन् ।
    समयमै पुलिस घटनास्थलमा पुग्दा आरोपी सासु र पतिले महिलालाई एक नालामा फलेर फरार भएका थिए । धामपुर थाना क्षेत्रको गाउँ जमालपुर निवासी मो. यूसुफ की २२ वर्षीय छोरी रुखसानाको विवाह नजिकैको गाउँ जन्दरपुर निवासी जलालुद्दीनका छोरा पुत्र नौशादसँग भएको थियो ।
    विवाह भन्दा पहिला दुबैबीच प्रेम सम्बन्ध चलिरहेको थियो, तर, विवाह हुनेवित्तिकै विवाद सुरु भयो । रुखसाना नौशादको घरमा आएदेखि विवाद हुन थाल्यो । रुखसानाका ससुराली परिवार उनलाई मानसिक रूपमा यातना दिन थाले ।

    रुखसानाले यस्को उजुरी महिला थानामा पनि दिइन् । १५ जुलाईमा दुबै पक्षबीच पुलिसको अगाडि सम्झौता भयो । ससुराली घर भएको गाउँ जन्दरपुरमै रुखसानाका मामा पनि बस्थे ।
    उनी विवादपछि मामाकै घरमा बस्दै आएकी थिईन् । एक दिन पति नौशादले फोन गरेर पत्नि रुखसानालाई घरमा बोलाए, त्यसपछि उनी पतिको घर गइन् । त्यही बेला पति नौशाद र सासु भूरीले रुखसानालाई घरमा बन्धक बनाएर कुटपिट गर्न थाले । रुखसानाका पति र सासुले उनीमाथि मट्टीतेल छर्केर जिउँदै जलाउने प्रयास गरे, तर रुखसाना उनीहरुको चंगुलबाट भागेर घरबाट बाहिर आइन् ।
    बाहिर आएपछि नौशाद र सासुले रुखसानालाई घरको बाहिर पनि दौडाइ दौडाई निर्घात कुटपिट गरे । करिब डेढ़ घण्टासम्म यी महिला गाउँमा खुलेयाम कुटिरहिन्, तर गाउँका एक व्यक्तिले पनि उनलाई बचाउने प्रयास गरेनन् ।
    घटनाको सूचना पाएपछि थाना प्रभारी निरीक्षक अजय कुमार गौतम पुलिस बल लिएर गाउँ पुगे । पुलिसलाई देखेपछि आरोपी पति र सासु रुखसानालाई गाउँको एक नालामा फालेर फरार भए । प्रहरीक अनुसार रुखसाना र उनका पतिबीच यसअघि नै सम्बन्ध विच्छेद भइसकेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र