३१ साउन, भक्तपुर ।
उद्योगमन्त्री महेश बस्नेत अचानक पेट दुखेपछि आज बिहान अस्पताल भर्ना गरिएको छ ।
पेट दुखेपछि बिहान ३ बजे नै भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उनलाई भर्ना गरिएको र उनको अतिसघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।
निर्देशक न्यौपानेले भने, “बिहानैदेखि आइसियुमा राखेर उपचार गरिरहेका छौँ, उनको मुख्य समस्या एपेन्डिक्सको बिहान १० बजे शल्यक्रिया गरिनेछ, त्यसका साथै अन्य रोग भए नभएको परीक्षण पनि भइरहेको छ ।”
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment