काठमाण्डु, ३१ साउन– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई आइतबार बिहान वीर अस्पताल अगाडि आन्दोलनकारीहरुले लछारपछार गर्दै दूव्र्यवहार गरेका छन् ।
संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको टोलीले पत्रकार धमलाको गाडीको बम्फर फुटाइदिएका छन् । घटनाबारे जानकारी दिँदै धमलाले भने,‘ धमला आन्दोलनविरोधी, आन्दोलनभाडा हो भन्दै मलाई दूव्र्यवहार गरे, गाडीमा क्षति पुर्याए ।’ आफूमाथि दूव्र्यवहार गर्ने टोलीका नेता राजेन्द्र श्रेष्ठ भएको उल्लेख गर्दै धमलाले भने,‘मलाई आदिवासी, जनजाती, मधेसी अधिकारविरोधी ठहर गरेर राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले यस्तो गरेको हो ।’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment