काठमाडौं, ४ भदौं । उच्चस्तरीय राजनीतिक विशेष समितिले नयाँ संविधानमा सात प्रदेशको संघीय नेपाल बनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको बैठकले केही हप्ता अगाडि मध्यरातमा भएको ६ प्रदेशको सहमतिलाई परिमार्जन गर्दै ७ प्रदेशमा सहमति जुटाएको हो । विशेष समिति बैठकमा ७ प्रदेश बनाउने सहमति भएपनि विजय गच्छदारले सहमति जनाएका छन् ।
विशेष समितिका संयोजक डा. बाबुराम भट्टराईले दिएको जानकारी अनुसार ७ वटा बनाउने निर्णय भएको हो ।
यस्तो छ विशेष समिति सयोजक डा. बाबुराम भट्टराईले दिएको जानकारी :
आजको विशेष समितिको वैठकले संघीय प्रदेशहरु निम्न अनुसार ७ वटा बनाउने निर्णय गरेको छ ।
पहिलेका १,२,३,४,५ नं प्रदेशहरू यथावत् (३ नम्बर प्रदेशमा ठोरी गाविस सहित)
पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला–भूभाग रहने गरी ६ नम्बर प्रदेश र कर्णाली पश्चिमका जिल्ला रहने गरी ७ नं प्रदेश ।
प्रदेशहरुको विस्तृत सीमांकन संघीय आयोगले गर्नेछ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment