काठमाडौं, ३ भदौ । प्रहरीले खोजी गरेपछि लुकीलुकी हिडिँरहेका काठमाडौंका चर्चित डन कुमार श्रेष्ठ उर्फ कुमार घैँटेको बिहीबारबाट जीवनलिला सकिएको छ । काठमाडौँको सामाखुसी र लाजिम्पाट क्षेत्रलाई आधार बनाउँदै गुण्डाराज चलाउँदै आएका घैंटेले छोटो समयमै अकुत सम्पत्ति मात्रै कमाएनन्, राजनीतिमात्र कालो धनलाई सेतो बनाउँदै आएका थिए ।
काठमाडौंमा प्रहरीले गुण्डाहरुलाई कडाई गरेपछि कहिले राजधानीबाहिर त कहिले सिंगापुर र हङकड पुग्ने गरेका घैंटे आफैले आफू करोडपति र अपराधी भएको पुष्टि गरेका थिए । आफ्नो फेसबुक पेज शोराज आइडोमार्फत उनले करोड रुपैयाँको थुप्रोमा खिचेको फोटो, अबैध पेस्तोल र एसएमजी बोकेको फोटो सार्बजनिक गरेका थिए । जसलाई दैनिक नेपालले गत फागुन ३ गते सार्वजनिक गरेको थियो ।
उनी आफैले फेसबुकमा अपलोड गरेको फोटोमा एक हजारको नोटको पैसाको बण्डल खान लागेको देखिन्छ । उनीसँग आधुनिक हतियार पनि रहेको उनी स्वयमले फेसबुकमार्फत खुलाासा गरेका थिए । पैसाको थुप्रोको अगाडि टेबलमा खुकुरी र एउटा पेस्तोल पनि प्रष्टै देखिएको छ ।
पैसा र हतियारमा शौखिन रहेको देखाउँदै डन घैटेँले फोटो सार्वजनिक गरे पनि प्रहरीले यसको अनुसन्धान गर्ने हिम्मत गरेको थिएन ।
गुण्डागर्दीबाट करोडौँ रुपैंया आर्जन गरेका घैंटे पछिल्लोपटक भने ठेक्कापट्टामा लागेका थिए । त्यसका लागि काँग्रेसकै नेता तथा सभासद बद्रीनरसिंह केसीले साथ दिँदै आएको थिए । पछिल्लोपटक काँग्रेसको कार्यकर्ता बने पनि उनले गुण्डागर्दी गर्न छाडेका थिएनन् । गुण्डागर्दीबाटै करोडौँ रुपैंया असुल्दै आएका थिए । करोडौँमा खेल्ने लतले बिहीबार अन्ततः उनको ज्यान लियो ।
घैंटेले झण्डै तीस करोड अवैध रकम गजुरमूखी निर्माण सेवाको नामबाट असुली सकेको प्रहरीको दाबी छ । पैसाकै आडमा प्रहरी र काँग्रेसका केही नेताहरुको आडमा उनले उन्मुक्ति पाउँदै आएका थिए । नेपाल निर्माण ब्यबसायी महासंघका महासचिव शरद गौंचनसँग पनि उनको घनिष्ठता थियो । गौचनसँगको मिलेमतोमा घैटैंले ठेक्कापट्ट कब्जा गर्ने गरेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
अझ दिनेश अधिकारी चरीको हत्या र रमेश बाहुन लागू औषधसहित जेल जलान भएपछि त घैंटेको जगजगी बढ्यो । राजधानीमा चरी र घैंटेबीच मारामारको अवस्था चलिरहेको थियो । चक्रे मिलनसँग मिलेर घैंटको समूहलाई आक्रमण गर्ने तयारी गरिरहेको अवस्थामा चरी मारिएका थिए । त्यहीकारण राजधानीमा आफ्नो राज चल्ने भन्दै घैंटको समूह खुशी भएको थियो ।
दैनिक नेपाल
– कमलराज भट्ट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment