काठमाडौं, २ भदौ । संविधानका विवादित विषयमा सहमति जुटाउन सिंहदरबारमा बसेको उच्चस्तरीय राजनीतिक विशेष समितिको बैठकको दौरानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ ।
प्रधानमन्त्री सुशील कोइराला विहान १० बजेबाट सुरु भएको बैठकमा २ घण्टा बसेर रामचन्द्र पौडेललाई जिम्मा लगाउँदै बालुवाटारतिर लागे । प्रधानमन्त्री हिँडेपछि नेकपा एमालेका अध्यक्ष ओली पनि जुरुक्क उठे । ओलीसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि बाहिर निस्किए ।
बाहिर निस्कनसाथ प्रचण्डले ओलीलाई भेटे । त्यसपछि दुबै जना सिंहदरबारको एउटा कोठाभित्र पसे । सँगसँगै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम पनि त्यो कोठामा पुगे । तीनै नेताबीच घनिभुत छलफल सुरु भयो । बाहिर सुरक्षाकर्मीलाई कडा निर्देशन दिएर कोही नेता आएपनि भित्र छिर्न नदिन निर्देशन दिए ।
आफ्ना पार्टीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष ओली बैठकबाट हराएपछि खोज्दै खोज्दै बाबुराम पनि त्यही कोठाको गेटमा आइपुगे । बैठक सुरु भएको करिब आधा घण्टा भएको थियो । बाबुरामले भित्र जान खोजे तर, भित्रको आदेश भन्दै उनलाई सुरक्षाकर्मीले भित्र पस्न दिएनन् । बाबुरामले करिब आधा घण्टासम्म सुरक्षाकर्मीसँग जोडबल गरे तर भित्र जान दिएनन् ।
भित्र बैठक लगभग सकिनै लागेको थियो । सुरक्षाकर्मीले बारम्बार बाबुराम गेटमा उभिएको खबर भित्र पठाए पनि अनुमति नदिइँदा भित्र पस्न पाएनन् । बैठक सकिनै लाग्दा भित्रबाट खबर आयो बाबुरामलाई भित्र पठाइदेउ , त्यसपछि बाबुराम बल्ल ओली र प्रचण्डको गोप्य बैठकमा छिर्न पाए ।
उसो त पछिल्लो समय एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता भट्टराईबीच सम्बन्ध चिसिएको छ । शायद त्यही सम्बन्धका कारण प्रचण्डले बाबुरामलाई भित्र पस्न रोके । बाबुरामलाई बाहिर रोकिरहँदा एमाले उपाध्यक्ष वामदेव गौतम भने केहीबेरपछि बैठकमा बस्न पाए । बाबुराम बैठक कोठामा पसेको १५ मिनेटमै ओली र प्रचण्डको गोप्य बैठक सकियो ।
बैठकमा के–के विषयमा छलफल भयो ?
प्रधानमन्त्री कोइराला बैठकबाट बाहिरिएपछि कांग्रेसलाई छाडेर बसेको बैठकमा एमाले र एमाओवादीले मिलेर जाने समझदारी गरेका छन् । संविधान निर्माण प्रक्रियामा कांग्रेसलाई पेलेर एमाले र एमाओवादी कसरी अगाडि बढ्ने विषयमा छलफल भएको एमाले स्रोतले दैनिक नेपाललाई बतायो ।
उसो त पछिल्लो समय बाबुरामले पार्टीमा गुट बनाउँदै गएपछि सशंकित बनेका प्रचण्डले एमालेसँग कार्यगत एकता गर्ने मनस्थिति बनाएको बताइएको छ ।
दैनिक नेपाल बाट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
8.19.2015
Home
Unlabelled
सिंहदरबारमा ओली र प्रचण्डको गोप्य वार्ता, बाबुरामलाई भित्र छिर्न दिइएन्
No comments:
Post a Comment