• Breaking News

    12.06.2014

    अलकायदाले काठमाडौंलाई निसाना बनाउन लागेको प्रहरी दाबी


    अलकायदाले काठमाडौंलाई निसाना बनाउन लागेको प्रहरी दाबी
    अलकायदाका सहयोगी आरोपमा काठमाडौंबाट २० जना पक्राउ

    काठमाडौं,मंसिर २१ – कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा सम्बद्द व्यक्तिले धर्मको आवरणमा नेपालमा बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको छ ।
    शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय,५ पाकिस्तानी र २ नेपाली छन् ।
    आतंकवाद र अन्दरदेशीय अपराध हेर्ने प्रहरीको विशेष व्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसोबाट राति अबेरसम्म विशेष अप्रेसन सञ्चालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
    विश्वस्त स्रोतका अनुसार उनीहरु ‘कल्की अवतार फाउन्डेसन’ नामक संस्थाको आवरणमा नेपाल बसेर योजना बनाइरहेको सूचना प्रहरीमा पुगेको थियो ।
    महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आपराधिक गतिविधिको योजना बुनिरहेको सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको पुष्टी गरे  ।


    ‘आपराधिक गतिविधि गराउन सक्ने सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको हो,’शर्माले भने,‘केही अनुसन्धानपछि मुक्त भइसके,केही अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।’
    जानकार स्रोतका अनुसार ३ दिनअघि आतंकवादी संगठन अलकायदा सम्बन्धित व्यक्तिहरु धर्मको आवरणमा नेपाल बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचना प्रहरीले पाएको थियो ।
    आजको नागरिक दैनिकमा केपी ढुंगानाले खबर लेखेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र