• Breaking News

    12.06.2014

    मध्यरातमा एलिया निस्केपछि .....

    काठमाडौं । स्टुडेन्ट अफ दी इयरबाट एकाएक उदाएकी बलिउड नायिका हुन् एलिया भाट । पछिल्लो पटक उनले फिल्मका लागि जस्तोपनि सुट दिन तयार हुँदै गएकी छिन् । बेड सिन तथा किस सिनका लागि उनले कुनै संकोच मान्दिनन् । उनले झण्डै आदा दर्जन फिल्मका मज्जाले किसको सिन दिएकी छिन् । साथै उनले आफूले जानेको र दिनसक्ने कला जुनसुकै फिल्ममा दिने बताउँछिन् । उनी भन्छिन् ‘मेरो जवानी हेर्नकै लागि फिल्महल पुग्ने दर्शकहरु पनि हुन सक्छन्, त्यसकारण मैले यसमा त्यति कन्जुस्याई गरेकी छैन ।’ alia


    रोचकको कुरा एलिया पछिल्लो पटक सिद्धार्थ रोय कपुरसँग निकै नजिक बनेकी छिन् । उनी सिद्धार्थको घरमा दिन र रातमा समेत भेटिएकी छिन् । उनको प्राय दैनिकी सिद्धार्थसँगै बित्ने गरेको छ, आजकाल । पछिल्लो पटक दुवै जना उदाउँदा बलिउड कलाकारहरु हुन् । २ दिनअघि उनी सिद्धार्थको घरबाट मध्यरातमा बाहिर निस्केकी थिइन् । हुन सक्छ, कुनै सुटिङको तयारीका लागि उनी त्यहाँ पुगेको । तर सुटिङको तयारीका लागि उनीहरु दुई जना मात्र हुनु आवश्यक अवश्य थिएन । कुनै पार्टीका लागि हुन सक्छ, भनौं भने दुई जनाको मात्र पार्टीलाई के पार्टी भनेर अथ्र्याउने । रहस्यमय छ, उनीहरुको त्यो रात । उनी मध्यरातमा सिद्धार्थको घरबाट एकाएक आफ्नो प्राइभेट कारमा बाहिर निस्केकी थिइन् । यसबारेमा मिडियालाई उनले कुनै प्रतिक्रिया भने जनाइनन् । जे होस् एलियालाई सिद्धार्थसँग वितेका दिनले मात्र पुगेनछ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र