चीनमा सामाजिक सञ्जालमा फेक आइडि बनाएर च्याट गर्दै एक-अर्कासँग नजिकिएर डेटिङका लागि जान खोज्दा जुन घटना घट्यो त्यसले सबैलाई एक पटक जिब्रो टोक्न बाध्य बनाउँछ ।
आफ्नो फुर्सदको समय कटाउन एउटा फेक आइडि खोलेर एक ५७ वर्षीय बृद्धले साथीहरूसँग च्याट गर्न थाले । यसैक्रममा उनले एक युवतीसँग च्याट गर्न थाले यसैक्रममा उनीहरूबीच लामो कुराकानी भयो र डेटिङ जाने सहमति पनि भयो । यसबीचमा ती बृद्धले युवतीले फोटो मागेपछी आफ्नो सट्टा एक सुन्दरको युवकको फोटो पठाए र युवतीको फोटो समेत मागे । अब डेटिङका लागि दुवैजना राजी भएपछी जब यी दुई एक ठाऊँमा आइपुगे तब दुवै आश्चर्यमा परे ।
कारण थियो, बृद्धले च्याटमा फकाएकी युवती आफ्नै बुहारी रहिछन् । बृद्धकी बुहारीले पनि आफ्नो फुर्सदको समय बिताउन फेक आइडि बनाएर बृद्धले जस्तै च्याट गर्ने गरिरहेकी थिइन् । यसैक्रममा उनले आफ्नै ससुरालाई च्याटमा भेटिन् कुराकानी सुरू गरिन् । यसक्रममा आफ्नो पति लामो समयसम्म घर बाहिर हुने भएकाले उनले पनि च्याटमा आफुले गफ गरेका मानिसलाई डेटिङमा जान स्विकृती जनाइन् र भेट्न पुगिन् ।
तर, बिडम्वना डेटिङ जाने व्यक्ति आफ्नै ससुरा भएर निस्किए । यसले दुवैलाई चकित त तुल्यायो यो घटना थाहा पाएपछी बृद्धका छोरा अर्थात् युवतीका पतिले यी दुई विरूद्ध उजुरी समेत गरेपछी यो घटना अदालतसम्म पुगेको छ ।
No comments:
Post a Comment