• Breaking News

    12.01.2014

    शाहरुख खान र ऐश्वर्या रायको जोड़ी फेरि एक पटक देखिदै !


    मंसिर १५, एजेन्सी । बलिउडका सुपरस्टार शाहरुख खान र ऐश्वर्या रायको जोड़ी फेरि एक पटक निर्देशक रोहित शेट्टीको आगामि फिल्ममा सँगै देखिने भएका छन् । रोहित शेट्टीले सन् १९५८ मा रिलीज भएको किशोर कुमार र मधुबाला अभिनित फिल्म ‘चलती का नाम गाड़ी ‘ को रिमिक्स बनाउन गईरहेका छन् । यो भन्दा पहिला शाहरुख र ऐश्वर्या फिल्म ‘देवदास’ मा एकै साथ देखिएका थिए ।

    भारतिय संचार माध्यमका अनुसार  रोहित शेट्टीले यस फिल्ममा लीड रोलको लागि पहिला काजोललाई प्रस्ता गरेका थिए तर कुनै कारणले गर्दा  उनले यो प्रस्तवलाई स्विकार गरिनन् । यसैले अब ऐश्वर्यालाई यो रोलमा लिने निर्णयमा शेट्टी पुगेका हुन् । सन् १९५८ मा फिल्म ‘चलती का नाम गाड़ी’ हिट  भएको थियो ।  शाहरुख र ऐश्वर्याको जोड़ी सिल्वर स्क्रीनमा किशोर कुमार र मधुबालाको जोड़ीले जस्तै कमाल गर्न सक्ने छन् या छैनन् यो भने हेर्न बाकिनै रहेको छ ।

     छोरि आराध्याको जन्म भए पछि बलिउडमा फरकिएकि ऐश्वर्याले यो फिल्म बाहेक फिल्म ‘जज्बा’लाई पनि साइन गरि सकेकि छिन् । यस फिल्ममा ऐश्वर्या अभिनेता इरफान खानसँग देखिनेछिन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र