• Breaking News

    12.02.2014

    बुधबार जन्मेका व्यक्तिले अवश्य पढ्नुहोस्

    थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।
    भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले बुधबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
    १. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
    २. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
    ३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
    ४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
    ५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
    ६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
    ७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
    ८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
    ९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
    १०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
    ११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
    १२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् । (एजेन्सी)

    4 comments:

    1. dherai kura ta yakdam mileko 6 ma sang

      ReplyDelete
    2. Mero life ma dherai kura match khako 6 .. so it is really ....

      ReplyDelete
    3. Mero life ma dherai kura match khako 6 .. so it is really ....

      ReplyDelete
    4. Mero life ma dherai kura match khako 6 .. so it is really ....

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र