• Breaking News

    12.01.2014

    मोदीले भने फिल्मले पुलिसलाई विगार्‍यो

    एजेन्सी ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडका चलचित्रले भारतीय प्रहरीको छवि नै विगारेको आरोप लगाएका छन् । आइतबार गुवाहाटीमा आयोजित पुलिसका महानिर्देशकहरुको सम्मेलनमा मोदीले यस्तो बताएका हुन् ।


    भारतीय चलचित्रले पुलिसको विषयमा नकारात्मक छवि निर्माण गरिदिएको र जनमानसमा पुलिसलाई खराव संस्थाकोरुपमा चिनाएको आरोप मोदीले लगाए ।
    पुलिसका राम्रा पक्षलाई उजागर गर्नका लागि फिल्म निर्मातासँग भेट्ने समेत मोदीले बताएका छन् ।
    बलिउड अधिकाँश चलचित्रले भारतीय पुलिसले बर्दिमा खलनायकको भूमिका खेलेको देखाउने गरेको उनको भनाइ छ । पुलिसका राम्रा पक्ष फिल्मले उजागर गर्न नसकेको उनको भनाइ छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र