• Breaking News

    12.01.2014

    होसियार !कोठामा चिसा कपडा सुकाउदा यस्ता बेफाइदा ....

    हामीले कहिले काँहि पानी परेका कारण वा बाहिर घाम नलाग्दा कोठमै चिसा कपडा झुण्ड्याउने गर्छौं । तर यस्तो गर्नु घातक रहेको तथ्य हालै गरिएको एक अध्यनले देखाएको छ ।

    बेलायतको म्यानचेष्टर नेशनल एस्पेर्गिलोसिस सेन्टरका सोधकर्ताहरुले गरेको अध्ययन अनुसार चिसा कपडा घर भित्र सुकाउँदा त्यसबाट फोक्सोमा संक्रमण हुन सक्छ ।

    शोधकर्ताहको दावी छ कि कपडा भित्र सुकाउँदा कोठाको आद्रता ३० प्रतिशतले वृद्धीहुन्छ र एर्स्पेगिलस फ्यूमिगेटस स्पोर्स नामक कीटाणु पैदा हुन्छ ।

    यस्तो किटाणुले तपाइँको फोक्सोमा संक्रमण गराउँछ । शोधकर्ता प्रोफेसर डेविड डेनिङका अनुसार ''कोठा भित्र वासिङ मेसिन राख्ने मानिसलाई यस्को खतरा सबै भन्दा बढी हुन्छ ।

    एजेन्सी ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र