• Breaking News

    11.17.2014

    आलोकको निधनलाई किन आत्महत्या भनियो ? : विजय लामा

    मंगलबार, मंसिर २,
    चलचित्र निर्देशक आलोक नेम्वाडको ११ दिनको पुण्य तिथिमा चलचित्रकर्मिहरुले गरेको श्रद्धान्जली सभामा उनका भिनाजु बिजय लामाले आलोकको निधनलाई  अहिले नै आत्महत्या नभनीदिन सबैलाई आग्रह गरेका छन ।

    मिडियामा आलोकको निधनलाई आत्महत्या भनेर प्रचार गरिएपछि मेरो चित्त दुखेको हो उनले भने अहिले रिपोर्ट नआईकन आत्महत्या भन्नु गलत हो’ विजयले भने, प्रहरी र पोष्टमार्टमको रिपोर्ट नै सार्वजनिक भएको छैन । यसैले मेरो ठाउँमा बसेर विचार गर्नुहोस् त, आलोकले आत्महत्या गर्‍यो भन्दा मलाई के भएको होला ?’श्रद्धाञ्जली सभामा बोल्दै अभिनेत्री नम्रता श्रेष्ठले आलोककै कारणले आफूले फिल्म खेलेको बताइन् । उनले निर्देशक आलोक आफ्ना लागि सधैं नै विशेष रहेको बताइन् । उनले भनिन्, ‘आलोक नभएको भए सायद फिल्म खेल्थिन ।’

    नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आलोक आफूहरुका लागि सधैं विशेष रहेकाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको बताए ।निर्मात्री पूनम गौतमले आलोकले निर्देशन गरेको अन्तिम फिल्म ‘अझै पनि’लाई आफूहरुले उनकै चाहना अनुसारकै बनाएर हलसम्म लैजाने बताइन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र