रोजगारी नहुँदा दैनिक एक हजार ५०० युवा बिदेसिरहेकाले मन्त्रालयले उनीहरुलाई लक्ष्यित गरी काम अगाडि बढाएको हो ।
“दुई सय ४० निर्वाचन क्षेत्रमा दुई सयका दरले युवालाई रोजगारी दिने खाका बनाइरहेको छु,” मन्त्री बस्नेतले नेकपा एमाले निकट उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै भने, “राज्यले सीपमूलक र प्रविधियुक्त शिक्षामा लगानी गर्नु प¥र्यो ।’
उनले भने, औद्योगिक प्रशिक्षण केन्द्रमार्फत देशका १४ ठाउँमा प्रशिक्षण केन्द्र स्थापना गरेर युवालाई सीप सिकाउँछौँ अनि त्यसलाई नै राष्ट्र निर्माणमा लगाउँछौँ ।
सरकारलले जलस्रोतलाई मात्र प्राथमिकता दिँदा भएका खानीहरुको उत्खनन हुन नसकेको उनको भनाइ थियो ।
मन्त्रालय अहिले औद्योगिक प्रोफाइल बनाउन र औद्योगिक सूचना केन्द्र निर्माण गर्न लागिपरेको समेत उनले बताए । दश वटा पेट्रोल खानीको अनुमतिपत्र लिएर बसेका चार विदेशी कम्पनीको अनुमति खारेज गरेर अब काम गर्नेलाई दिने प्रक्रिया मन्त्रालयले थालेको उनले जानकारी दिए ।
No comments:
Post a Comment