• Breaking News

    11.23.2014

    ज्याकलिन बनिन् सलमानकी उत्कृष्ठ श्रीमती

    सलमानकी बहिनिकी विवाहले हलिउडमा निक्कै चर्चा पायो । सँधै सलमानको विवाहको चर्चा रहने गरेको भएपनि बहिनीको विवाहको समयमा उनको विवाह चर्चा छायाँ पर्‍यो ।
    तर हालै गरिएको एक फ्यान सर्वेले सलमानका सबै भन्दा बढी फ्यानले उनलाई ज्याकलिन फर्नाण्डिजसँग विवाह गरेको हेर्न चाहेको बताएका छन् ।

    सलमानकी सबै भन्दा उत्तम श्रीमती को बन्न सक्छ भनेर एक सञ्चार माध्यमले गरेको सर्वेक्षणमा सबै भन्दा बढीले ज्याकलिनको नाम लिएका हुन् ।

    त्यसैगरी फ्यानहरुले ज्याकलिन पछि सलमानकी श्रमती बन्न क्याट्रिनाको चयन गरेका छन् । त्यसैगरी उनकी पुरानी प्रेमिका संगीता विजलानी तेश्रो नम्बरमा परेकी छिन् ।


    सर्वेक्षणमा सहभागी मध्ये ४७ प्रतिशतले सलमानलाई ज्याकलिनको पतिकोरुपमा हेर्न चाहेको बताएका थिए । सलमानकी पूर्व प्रेमिका एवं रणबीर कपुरकी हालकी क्याट्रिनालाई सलमानकी श्रीमतीकोरुपमा हेर्न चाहने ३१ प्रतिशत थिए भने सलमानकै पुरानी प्रेमिका संगीता विजलानीले १३ प्रतिशत भोट पाइन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र