• Breaking News

    11.24.2014

    बैद्य माओवादी फुट्यो,विप्लवले गरे नयाँ पार्टीको घोषणा

    ८ मंसिर, काठमाडौ ।
    नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द 'विप्लब' ले नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । विप्लव पक्षका नेताहरुले केन्द्रिय समिति बैठकमै पार्टीमा बस्न नसक्ने आसयको पत्र बुझाएका थिए ।


    केन्द्रिय सदस्य लेखनाथ न्यौपानले पार्टीको बैठकमा अध्यक्षलाई सम्बन्ध विच्छेदको ३ बुँदे पत्र थमाइएको जानकारी दिए ।

    विप्लव समूहले अहिलेको अवस्थामा पार्टीमा सँगै बस्न नसकिने तर पछि कुनै सन्दर्भमा सहकार्य गर्ने सन्देश ३ बुँदे अहसमति पत्रमा रहेको पनि उनले नेपाली हेडलाइन्सलाई बताए ।

    'अव बैठकमै सम्बन्ध विच्छेदको पत्र बुझाएपछि पार्टी फुट्यो भनिरहन पर्ने विषय नै रहेन' न्यौपानले भने ।
    विप्लवको पत्रबारे संस्थापन पक्षको बैठक बसिरहेको पनि उनले बताएका छन् । बैठकले कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
    उता पार्टी घोषणा गर्नु अघि विप्लव सहित ८० जना नेताको बैठक बसिरहेको बताइएको छ । पार्टी औपचारिक फुटाउने र नामको विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र