• Breaking News

    11.23.2014

    धमाधम बन्द हुन थाले भारतका नेपाली अखबार

    सिलुगुढी मंसिर ८
    अलग राज्य माग गर्दै लामो समयदेखि संघर्षरत गोखाली नागरिकको आवाज बनेर उदाएका नेपाली भाषाका अखबार धमाधम बन्द हुँदैछन् ।  नागरिक दैनिकमा समाचार छ । १५ लाखभन्दा बढी नेपाली भाषीको बसोबास रहेको दार्जिलिङमा नेपाली अखबार नै संकटमा पर्दा त्यसको असर स्थानीय समुदायलाई नै बढी पर्ने स्थानीय लेखकको अनुभव छ ।
    पूर्वोत्तर भारतमा बस्ने नेपालीभाषीलाई लक्ष्य गरेर सुरु भएका नेपाली भाषाका अखबार टिक्न नसकेर बन्द भएका हुन् । पश्चिम बंगालको नेपालीभाषी बाहुल्य भएको दार्जिलिङ जिल्लाभरि कुनैबेला बाक्लो उपस्थिति जनाउने नेपाली भाषाका दैनिक तथा साप्ताहिक पत्रिका अहिले हराएका छन् ।
    दार्जिलिङको मुख्य व्यापारिक नगर सिलिगुढीलाई आधार बनाएर निस्कने तीन पत्रिकामध्ये पछिल्लो दशक एक दर्जनभन्दा बढी बन्द भइसकेका छन् । ‘यहाँबाट निस्कने नेपालीभाषाका अखबार टिकाउनै सकिएन,’ सिलिगुढीका पुराना पत्रकार युवराज काफ्ले भन्छन्, ‘अधिकांश ब्रोडसिट दैनिक थिए, धेरैजसो बन्द भइसके ।’
    सिलिगुढीबाट निस्केका नेपालीभाषाका केही अखबारमा लामो समय सम्पादकको जिम्मेवारी सम्हालेका काफ्लेका अनुसार ‘सँधै राज्यको उपेक्षामा परेका नेपालीभाषीको अस्तित्व रक्षाका लागि आवाज उठाउने’ लक्ष्य राखेर नेपाली भाषाका अखबार निस्कने गर्थे ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र