• Breaking News

    11.23.2014

    महिलाको मुखमा कपडा बाँधी बलात्कार

    रौतहट मंसिर ८
    रौतहटको बैरिया ५ मा एक विवाहित महिला बलात्कृत भएकी छिन्।
    लालबकैया नदीको बाँध छेउमा गाउँकै २७ वर्षीय शेख मोविनले लछारपछार गरी बालात्कार गरेको प्रहरीले जनाएको छ। गहुँको बिउ छर्न खेत तयार गर्न एक्लै जाँदै गरेको मौका छोपी पूर्व गाविस अध्यक्षका कान्छा छोरा मोविनले ती महिलाको मुखमा कपडा बाँधी बलात्कार गरेको पीडित महिलाले बताइन्।
    पीडितका श्रीमान भारतको सितामढी जिल्लाको बैरगनियास्थित मदर्शामा धार्मिक गुरुको रुपमा कार्यरत छन्। सुरुमा गाउँका केही टाठाबाठाहरुले मुद्दालाई गाउँमै सामसुम पार्ने प्रयास गरेका थिए। घटनापछि पीडित
    महिलाले श्रीमानलाई टेलिफोन गरी सबै कुरा बताएकी थिइन्। आइतबार घर पर्केका पीडित महिलाका श्रीमानले दोषीलाई कडा कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना ढिलोगरी सार्वजनिक भएको हो। नागरिक दैनिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र