• Breaking News

    11.18.2014

    मलेसियामा ३० नेपाली कामदार बेपत्ता

    मलेसिया / मलेसियाको क्वालालम्पुरस्थित सुपरम्यान ग्लोब कम्पनीमा कार्यरत ३० जना नेपाली लगायत १२० जना कामदारलाई गत नोभेम्बर १२ देखि उक्त कम्पनीले बेपत्ता बनाई अज्ञात स्थलमा राखेको जानकारी प्राप्त भएको छ ।
    उक्त कम्पनीमा कार्यरत एक कामदारका अनुसार २ जना नेपालीको जीवन नै समाप्त पारिएको आशंकाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध भएको छ ।




    खासगरी खाडी लगायतका मुलुकहरुमा नेपाली कामदारमाथि ज्यादती हुने गरेको समाचारका श्रृखंलाहरु सार्वजनिक भइरहेको सन्दर्भमा मलेसियामा कार्यरत नेपाली लगायतका कामदाहरुप्रति भएको यस प्रकारको ज्यादती र अमानवीय क्रियाकलापको बारेमा सत्य–तथ्य पत्ता लगाई कामदारहरुको उद्दारका लागि तत्काल पहलकदमी गर्न नेपाल सरकार लगायत सम्बन्धीत सबै पक्षको मानव अधिकार तथा शान्ति समाज ध्यानाकर्षण गराउँदछ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र