अहिले सम्म यो कुरा मानिँदै आइएको थियो कि सूर्यको तिव्र किरणहरूका कारण त्वचाको क्यान्सर हुने गर्दछ तर यस सम्बन्धमा हालै गरिएको एक ताजा अध्ययनबाट सूर्यको किरणहरूलेनै त्वचा क्यान्सर तथा अन्य प्रकारका क्यान्सर रोक्न सहायक हुन सक्ने देखिएको छ ।
क्यान्सरको सम्बन्धमा गरिएको यस अध्ययनबाट यो कुराको खुलासा भएको छ कि सूर्यको तिव्र किरणहरूले त्वचाको क्यान्सरको जोखिमलाइ कम गर्ने मात्र नभै यसले स्तन र फोक्सोको क्यान्सरलइ समेत नियन्त्रित गर्न सक्दछ ।
यस अनुसन्धान दलका नेता ब्रुखावेन नेशनल लेब्रोट्ररीका रिचर्ड सेटलोका अनुसार यो कुरा प्रकाशमा आएको छ कि भिटामीन-डी ले आन्तरिक क्यान्सरलाइ रोक्नमा सकारात्मक भूमिका निभाउँदछ । यस महत्वपूर्ण अध्ययनमा भनिएको छ कि यसबाट यो कुरा पत्ता लगाइनेछ कि यसले कुन अनुपातमा केही मानिसहरूको त्वचाका लागी सूर्यको तिव्र किरणहरू धेरै जोखिम हुन सक्दछ र केही मानिसहरूका लागी यो लाभकारी हुन सक्दछ । अध्ययनकर्ताहरूका अनुसार यसमा हुने सौर्यधर्मितानै यसको मुख्य कारण हो ।
डेली साइन्स पत्रिकाले सेटलोलाइ उद्धृत गर्दै बताए अनुसार अनुसन्धानकर्ताहरूले सूर्यको तिव्र किरणको अधिकताले अन्य बिभिन्न त्वचाका रोगहरू भने हुन सक्ने चेतावनी दिएका छन ।
No comments:
Post a Comment