• Breaking News

    11.19.2014

    भर्जिन युवतीलाई मात्र प्रहरीमा जागिर

    एजेन्सी– इण्डोनेसियाको प्रहरीमा भर्ती हुँदा महिलाको भर्जिनिटी जाँच्नुपर्ने प्रावधानको मानवअधिकारवादी संस्था ह्युमन राइटस् वाचले विरोध जनाएको छ ।
    संसारको सबैभन्दा बढी मुस्लिम जनसंख्या रहेको इण्डोनेसियाको कानुनमा महिला प्रहरीमा भर्ती हुन अविवाहित र भर्जिन कुमारी हुनुपर्ने व्यवस्था छ ।
    व्यापक विरोधका बाबजुद उक्त प्रावधान हटाइएको दाबी गरेको इण्डोनेसिया सरकारले भित्रभित्रै व्यवहारिक रुपमा प्रहरीमा भर्ती हुने युवतीहरुको भर्जिनिटी जाँच गर्न छाडेको छैन । प्राप्त समाचारहरुमा
    हालै प्रहरीमा भर्ना भएका युवतीहरुले आफ्नो भर्जिनिटी जाँच गरिएको बताएका छन् । ‘त्यो खराब क्षण म सम्झन्न पनि चाहन्न, त्यसबेला मैले सहनै नसक्ने अपमान महसुस गरेकी थिएँ ।’
    हालै प्रहरीमा भर्ना भएकी १९ वर्षीया एक महिला प्रहरीको भनाइ उद्धृत गर्दै ह्युमन राइट वाचले जनाएको छ ।
    अलजजिरा टेलिभिजनको अनलाइन संस्करणका अनुसार अपरिचतल व्यक्तिलाई कपडा खोलेर भर्जिनिटी टेष्ट गराउँदा आफूहरुलाई अपमानित महसुस हुने गरेको महिला प्रहरीले बताएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र