• Breaking News

    11.16.2014

    शिल्पाले बिहे गरिन् हनिमुन नमनाउने सर्तमा

    काठमाडौ । अभिनेतृ शिल्पा पोखरेलले बिबाह गरेकी छिन् । केही संगीतकार, नायक र प्राविधिकलाई साक्षी राखेर बिहे गरेकी शिल्पाले हनिमुन भने नमनाउने भएकी छिन् । कारण, उनको बिबाह रीयलमा नभएर रिल लाइफमा मात्र हो ।
    गीतकार र्इश्वर प्रवासीको शब्द, प्रमोद खरेलको स्वर र टिका भन्डारीको संगीत रहेको गीतमा जीवन लुइँटेल र शिल्पा बेहुला बेहुली बनेर प्रस्तुत भएका थिए ।
    धुलिखेलको एक रिसोर्टमा गरिएको सुटिङमा नायिका शिल्पाले आफ्नो प्रेमी जीबनको मृत्युपछि अर्कै युवकसँग बिबाह गरेको अभिनय गरेकी थिइन् । यता जीवन जिउँदै भएको रहस्यपछि मात्रै थाह पाउँछिन् उनले ।
    गीतको मर्म अनुरुप शिल्पा र जीवनको अभिनय उत्कृष्ठ भएको प्रतिक्रिया दिँदै संगीतकार भण्डारीले भिडियो राम्रो बनेको बताए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र