• Breaking News

    11.10.2014

    एकैदिन तोलामा ८ सय रूपैयाँले घट्यो सुन, ४९ हजार ५ सयमा किनबेच

    २५ कात्तिक, काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि प्रतितोला सुनको मुल्य ४९ हजार ५ सय रूपैयाँ तोकेको छ ।
    आइतबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको सुन सोमबार भने २ सय रूपैयाँले घटेको थियो ।
    पछिल्ला दिनमा सुन निरन्तर ओरालो लाग्दै तोलाको ४९ हजार रुपैयाँसम्ममा झरेको थियो ।
    अबका केही महिना सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै ओरालो लाग्ने क्रम जारी रहने विज्ञहरुले अनुमान गरेका छन् । यही रफ्तारमा सुनको भाउ ओर्लिएमा केही महिनामा सुन ४५ हजार रुपैयाँ तोलामा किन्न पाइने व्यवसायीहरु बताउँछन् ।
    सोमबार स्थिर रहेको चाँदीको भाउ मंगलबार भने तोलामा ९० रूपैयाँले बढेको छ । अइतबार र सोमबार तोलामा ६ सय ८५ रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार तोलामा ७ सय ७७ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र