कैलालीको पथरैया–८ खैरीफाटामा रहेको कालिका सामुदायिक वन उपभोक्ता समितिको नजिकै आठवटा गाई मारेर फालेको फेला परेका छन् ।
धानको भुसमा विषादी प्रयोग गरी गाईको हत्या गरिएको हुन सक्ने प्रहरी चौकी अमरावती प्रहरीले जानकारी दिएको छ । गाई मारेको आशङ्कामा प्रहरीले स्थानीय झङ्कर बोगटीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुर चलान गरेको छ ।
स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार बोगटीले धानको भुसमा विषादी मिसाएको देखेको भनेकै आधारमा उनलाई आवश्यक सोधपुछका लागि पक्राउ गरेको हरि चौकी अमरावतीका इन्चार्ज दीपेन्द्र चन्दले जानकारी दिनुभयो । गाई मरेको ठाउँमा मेटासिनको गोली भेटिएको जानकारीमा आएको छ ।
No comments:
Post a Comment