• Breaking News

    11.20.2014

    ओबामाको घोषणा :५० लाख गैर कानुनीलाई बैधानिकता दिने

    एजेन्सी वासिङट्न डिसी, मंसिर ५
     गैर कानुनी रुपमा अमेरिका बसिरहेकाहरुलाई आप्रवासीसम्बन्धी कानुनमा परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले बैधानिकता दिने घोषणा गरेका छन। टेलिभिजनमार्फत सम्बोधन गर्दै ओबामाले गैरकानुनी रुपमा अमेरिका बसेका आप्रवासीलाई कानुनी दायरामा आउन आग्रह गरेका छन।

    अहिलेको परिवर्तनले आप्रवासीलाई कानुनी मान्यता दिएपनि अमेरिकी नागरिक सरह सेवासुविधा भने नदिने पनि ओवामाले बताए। विपक्षी रिपब्लिकन पार्टीले भने ओबामालाई कानुन परिवर्तन गर्ने अधिकार नरेहेको भन्दै विरोध गरेको छ।

    अमेरिकामा हाल करिब ५० लाख आप्रवासी गैरकानुनी हैसियतमा रहेको वीवीसीले जनाएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र