• Breaking News

    11.21.2014

    टाउको दुख्ने समस्या छ ? नियमित सेक्स गर्नुस् सफाचट् !

    एजेन्सी – टाउको दुखाइको पीडा सहबास गर्दा कम हुने एक अध्यनले देखाएको छ । माइग्रेन वा त्यस्तै अन्य कारणले टाउको दुखिरहने ब्यक्तिले टाउको दुख्न थालेपछि यौन सम्पर्क गर्दा टाउको दुखाइ कम हुने अध्यनको दावी छ । हालै गरिएको उक्त अध्यनका अनुसार माइग्रेन भएर वा विभिन्न कारणले टाउको दुखेर औषधी प्रयोग गर्ने विरामीहरुले नियमित यौन सम्पर्क गर्दा टाउको दुख्न रोकिने हुन्छ । जर्मनीका शोधकर्ताहरुले माइग्रेन वा अन्य कुनै पनि कारणले निक्कै टाउको दुख्ने पीडाग्रस्त मानिसमा यो अध्यन गरेका थिए । उनीहरुले टाउको दुखाइको समयमा यौन सम्पर्क गर्दा टाउको दुखाइ कम हुने र यसले पीडा मुक्त पार्ने निष्कर्ष निकालेका छन् । अध्यनकर्ताहरुले माइग्रेनले टाउको दुख्ने ८०० र अन्य कारणले टाउको दुख्ने २०० मानिसमाथि यो अध्यन गरेका थिए । अध्यनमा सहभागी ५ जनामा एक जनाले टाउको दुख्दा दुख्दै सेक्स गरेपछि टाउको दुख्न छोडेको बताएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र